२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

भैरहवामा शिव सेना नेपाल रुपन्देहीको कार्यालय

सोमवार , श्रावण २६, २०७७

  • 6.5K
    Shares
  • 6.5K
    Shares
  • भैरहवा, २६ साउन ।
    भैरहवामा शिव सेना नेपाल रुपन्देहीको कार्यालय उद्घाटन भएको छ । सिद्धार्थनगर नारायणपथमा सोमबारदेखि कार्यालय सञ्चालनमा आएको हो ।

    शिव सेना नेपालका रुपन्देही अध्यक्ष विपिन मल्लिकको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री प्रकाश चित्रकार, मर्चवारीमाइ मन्दिरका पुजारी डा.महेन्द्र दास, राष्ट्रवादी एकता समाज रुपन्देहीका अध्यक्ष राम अवतार यादव, शिवसेना नेपालका केन्द्रिय सदस्य अनिल जयसवाल,  गीता अध्ययन मण्डलका अध्यक्ष शिव ढकाल, कृष्ण गैरे लगायतले बोलेका थिए ।  

    मुना गैरेको स्वागत तथा लिलाधर शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।