२०८२, श्रावण २ गते

Jul 17 2025 | २०८२, श्रावण २ गते

भैरहवामा अवैध ब्रोईलर कुखुरासहित मिनिट्रक बरामद

बुधवार , चैत्र ४, २०७७

भैरहवा, ४ चैत । 
रुपन्देहीको भैरहवामा अवैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी निकासी गरी ल्याउँदै गरेको ब्रोईलर कुखुरासहित मिनिट्रक प्रहरीले बरामद गरेको छ । मंगलबार राती करिब ३ बजे सिद्धार्थनगर नगरपालिका–८ कान्छीबजारबाट जिउँदो ५५८ र मरेका २ गरी ५६० गोटा ब्रोईलरसहित कुखुरा ओसारपोसारमा प्रयोग भएको लु १ ख ७७४२ नम्बरको मिनिट्रक प्रहरीले बरामद गरेको हो । 

धादिङ नगरपालिका–८ का २१ वर्षिय सुरज कुमालले चलाएको उक्त मिनिट्रक चेकजाँच गर्ने क्रममा अवैध रुपमा ल्याएको कुखुरा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्य नारायण थापाले बताए ।

कुखुरा र मिनिट्रक गरी १३ लाख ८ सय मूल्य बराबरको सामान बरामद गरी आवश्यक कारवाहीको लागि कुखुरालाई भैरहवा पशु क्वारेन्टाईन चेक पोष्ट बेलहिया रूपन्देही तथा मिनिट्रक र चालकलाई भैरहवा भन्सार कार्यालय बेलहिया रूपन्देही पठाइएको डीएसपी थापाले जानकारी दिए ।