२०८२, भाद्र २६ गते

Sep 11 2025 | २०८२, भाद्र २६ गते

रुपन्देहीमा अवैध काठ बरामद

बिहिवार , चैत्र ५, २०७७

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • भैरहवा, ५ चैत । 
    रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर १ स्थित सेमरपानीमा रोकिराखेका ट्याक्टरबाट प्रहरीले अवैध काठ बरामद गरेको छ ।

    बुधबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले लु २ त ४२११ नम्बरको ट्याक्टरमा अवैध रुपमा सिसौ जातको काठको गोलिया ८ थान बरामद गरेको हो । 

    उक्त काठको गोलियालाई नापजाच्ँच गर्दा ३९ दशमलव २ क्यूफिट रहेको र काठसहित ट्याक्टर आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्य नारायण थापाले बताए ।