
शुक्रवार , चैत्र ६, २०७७
भैरहवा, ६ चैत ।
सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड भैरहवाले सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई शुक्रबार बधाई तथा सम्मान गरेको छ । इन्स्योरेन्स कम्पनी र उद्योगी तथा व्यवसायीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन तथा उद्योगी व्यवसायीको हकहितमा काम गर्न बल पुगोस् भन्नका लागि बधाई तथा सम्मान गरिएको कम्पनीले जनाएको छ ।
सो अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले उद्योगीको लगानीको सुरक्षा बीमा कम्पनीले गर्ने भएकाले इन्स्योरेन्स र उद्योगी व्यवसायीबीचको सम्बन्ध प्रगाढ हुनुपर्नेमा जोड दिए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य महेन्द्र कुमार श्रेष्ठले भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)ले आफुले तयार गरेको निर्देशिका कार्यान्वयन नगर्दा उद्योगी त्यस क्षेत्रबाट पलायन हुने अवस्था आएको भन्दै सेज प्राधिकरणलाई झकझकाउनुपर्नेमा जोड दिए । उनले सरकारले सेजमा स्थापना गर्ने उद्योगलाई आर्कषित गर्न थप सेवा सुविधा प्रदान गर्नुपर्नेमा जोड दिदै विद्युत लगायतका अत्याबश्यक सेवा तत्काल पुरा गर्न आग्रह गरे ।
कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, नवनिर्वाचित अध्यक्ष भिष्म प्रसाद न्यौपाने, नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रदेशका अध्यक्ष रामराज उपाध्याय, लुम्बिनी प्रेस क्लब रुपन्देहीका अध्यक्ष नरेश के.सी.लगायतले लगायतले बोलेका थिए । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडका क्षेत्रीय प्रमुख गोपाल ज्ञवालीको अध्यक्षता तथा पत्रकार मनोरञ्जन शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij