२०८२, भाद्र १८ गते

Sep 03 2025 | २०८२, भाद्र १८ गते

विश्व शान्तिका लागि लुम्बिनीमा ७ हजार दीप प्रज्वलन

आइतवार , फाल्गुण २५, २०८१

  • 772
    Shares
  • 772
    Shares
  • लुम्बिनी, २४ फागुन । बुद्ध जन्मस्थल लुम्बिनीमा शनिबार बेलुका ७ हजार दीप प्रज्वलन गरिएको छ । चौथौ त्रिपिटक पाठ समारोहको समापन लगत्तै बेलुका केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी स्क्वायरमा ७ हजार दीप प्रज्वलन गरिएको हो । 

    धम्मकाय फाउण्डेशनले भिक्षुभिक्षुणी, लामा गुरु, आनी, उपासक उपासिका र प्रवजित भएका पाँचसय जना अल्पकालीन भिक्षुहरुको सहभागीतामा शान्ति र साहर्दताका लागि दीप प्रज्वलन गरिएको हो । नेपालको झण्डा केन्द्र भाग मानी धम्मचक्रको आकार आउने गरी गरिएको दीप प्रज्वलनको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष धम्मशोभन महास्थविरले शुभारम्भ गरे  ।  

    लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बुद्ध जन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन गरी विश्व शान्ति र प्राणी जगतको कल्याणको कामना गर्नु आफैमा महत्वपूर्ण भएको बताए । उनले बुद्धका उपदेशहरुलाई यस्तै आध्यात्मिक कार्यक्रमहरुबाट विश्वभर फैलाउनुपर्नेमा जोड दिए। 

    त्यस्तै कार्यक्रममा थाई धम्मकायका सल्लाहकार डा. अदिसकले बुद्धको शिक्षाले विश्व बन्धुत्व र एकतालाई जोड दिएको बताउँदै दीपले आन्तरिक र बाह्य ज्ञानलाई प्रतिबिम्बन गरेको बताए । 

    त्यसै गरी कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रीका सल्लाहकार रोशनी गिरी, अखिल नेपाल भिक्षु महासंघका सचिव भिक्षु निग्रोध महास्थविर, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा. सुवर्णलाल बज्राचार्यले बोल्दै दीपको प्रकाशजस्तै बुद्धको उपदेशले पनि अध्यारो चिर्दै जाने बताए । गत वर्ष पनि सोही स्थानमा दीप प्रज्वलन गरिएको थियो ।

    WhatsApp Image 2025-03-08 at 11.02.43 PM.jpeg

    WhatsApp Image 2025-03-08 at 11.02.42 PM (1).jpeg