
शुक्रवार , चैत्र ६, २०७७
भैरहवा, ६ चैत ।
भैरहवामा जावा ब्राण्डको पेराक मोटरसाइकलको विक्री शुभारम्भ भएको छ । शुक्रबार जावा ब्राण्डको भैरहवाका लागि आधिकारिक वारिस अटोमोबाइल्समा आयोजित एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका सांसद सन्तोष कुमार पाण्डेयले सार्वजनिक गरेका हुन् ।
सो अवसरमा बोल्दै प्रदेशसभा सांसद पाण्डेयले जावाको मोटरसाइकलप्रति अहिलेका युवा आकर्षित भइरहेको भन्दै सुरक्षित भएर सवारीसाधन प्रयोग गर्नुपर्ने बताए । उनले भैरहवा पर्यटकीय क्षेत्रको रुपमा विकसित भइरहेको बेला युवाहरुको मागलाई मध्यनजर गर्दै जावाले नयाँ ब्राण्डको मोटरसाइकल ल्याउनु राम्रो भएको बताए । उनले मोटरसाइकलले बजार पाउने विश्वास व्यक्त गरे ।
म्याट ब्ल्याक रंगमा रहेको जावा पेराक ३३५ सिसीको क्षमता भएको मोटरसाइकल हो ।
मोटरसाइकलको बजार मुल्य ७ लाख ५० हजार रुपैयाँ रहेको वारिस अटोमोबाइल्सका सञ्चालक इरफान वारिसले बताए । रेट्रोे क्लासिक डिजाइनको मोटरसाइकल कुलीङ इञ्जिनमा ट्वीन एक्जस्ट भएको उनले बताए । पत्रकार सञ्जु पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij