२०८३, आश्विन २५ गते

Oct 11 2026 | २०८३, आश्विन २५ गते

नक्कली पैसा छाप्ने मेसिनसहित एक पक्राउ

आइतवार , चैत्र ८, २०७७

  • 5.0K
    Shares
  • 5.0K
    Shares
  • काठमाडौं, ८ फागुन ।

    पैसा छाप्ने नक्कली मेसिन सहित सिन्धुपाल्चोकमा एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मेलम्चीले नक्कली पैसा छाप्ने मेसिनसहित एक जनालाई पक्राउ गरिएको जनाएको छ । 

    पक्राउ पर्नेमा मेलम्ची नगरपालिका १३ का राजाराम दनुवार रहेको प्रहरीले जनाएको छ । नक्कली पैसा छापी कारोवार गरिरहेको भन्ने प्राप्त सूचनाका आधारमा दनुवारलाई मेलम्ची १२ स्थित बिआरएस मोबाइल हाउसबाट नक्कली नोट, नक्कली नोट छाप्न प्रयोग गर्ने प्रिन्टरसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए । 

    पक्राउ परेका दनुवारलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकमा पक्राउ परेका ती अभियुक्तलाई चितवन कि पठाइयो भन्नेबारे चाहिं प्रहरीले केही खुलाएको छैन ।