२०८२, श्रावण १ गते

Jul 17 2025 | २०८२, श्रावण १ गते

उत्साहितको सहकारी शिक्षा तालिम

आइतवार , चैत्र ८, २०७७

भैरहवा, ८ चैत । 
उत्साहित बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगरले सहकारी शिक्षा ताालिम तथा वनभोज कार्यक्रम सम्पन्न गरेको छ । 
संस्थाका अध्यक्ष शंकर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका जानकार चन्द्रकान्त भट्टराईले सहकारी ऐन नियमका बारेमा बताएका थिए । उनले सहकारीका शेयर सदस्य आत्मनिर्भर हुनु नै सहकारीको भावना र धर्म भएको बताए  

कार्यक्रममा असल ऋणी सुबोधना शर्मालाई सम्मान गरिएको थियो भने सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका  संस्थाका शेयर सदस्य भिष्म प्रसाद न्यौपानेलाई सम्मान गरिएको थियो ।

संस्थाका उपाध्यक्ष कृष्ण ढुंगानाको स्वागत तथा सचिव राजेन्द्र घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा सल्लाहकार माधव कोइराला, बसन्त कुमार लाल कर्ण लगायतले बोलेका थिए ।