२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रामजानकी मन्दिरको अध्यक्षमा भण्डारी

सोमवार , चैत्र २४, २०८१

भैरहवा, २५ चैत । श्री रामजानकी मन्दिर ओमसतिया गाउँपालिका–२ पडसरी, रुपन्देहीको १५ औं वार्षिक साधारण सभा तथा अधिवेशन आइतबार सम्पन्न भएको छ । साधारण सभा तथा अधिवेशनले फतुराम भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

त्यस्तै उपाध्यक्षमा बाबुराम पौडेल, सचिवमा खडानन्द अधिकारी, कोषाध्यक्षमा भरत शर्मा मरासिनी र सहसचिवमा कृष्ण कुमारी अर्याल निर्वाचित हुनुभएको निर्वाचन अधिकृत अधिवक्ता तुलसीराम ढकालले बताए ।
त्यसैगरी सदस्यहरुमा गुमान सिंह घर्ती, लिल्चन थारु, गोपाल सुवेदी, बुद्धिमान श्रेष्ठ, मीना आचार्य निर्वाचित भएका छन् ।

मन्दिर सञ्चालक समितिका अध्यक्ष रामचन्द्र उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य देवी प्रसाद चौधरीले मन्दिरलाई सक्दो सहयोग गर्ने बताए । उनले मठमन्दिर धार्मिक पर्यटकीय हिसाबले विकास गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा अध्यक्ष उपाध्यायले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष दीपक गौतम र लेखापरीक्षक चन्द्रकान्त भट्टराइले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पडसरी शाखाका साभापति एवं मन्दिरका सल्लाहकार बाबुराम पौडेल, सल्लाहकार लाल बहादुर श्रेष्ठ, परोपकार संघका जिल्ला सल्लाहकार रुद्र शर्मा ‘दुःखी’ लगायतले भनाइ राखेका थिए ।

मन्दिर सञ्चालक समितिका उपाध्यक्ष फतुराम भण्डारीको स्वागतमा भएको कार्यक्रमको सञ्चालन सचिव खडानन्द अधिकारीले गरेका थिए । मन्दिरमा २०३ जना सदस्यहरु छन् ।