२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक अधिकारीलाई कारवाही गर्नुपर्छ : सिद्धार्थ सञ्जाल

सोमवार , चैत्र २४, २०८१

भैरहवा, २५ चैत । सिद्धार्थ सञ्जाल, रुपन्देहीले नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई कारवाही गर्न माग गरेको छ । अधिकारीले पटकपटक दिएका नकारात्मक र आपत्तिजनक अभिव्यक्तिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनले निरन्तरता पाउन नसकेको भन्दै सञ्जालले कारवाहीको माग गरेको हो ।

सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवाली र वरिष्ठ उपाध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले आइतबार विज्ञप्ती जारी गर्दै रुपन्देही जिल्लामा रहेका उद्योगी–व्यवसायी, पर्यटन व्यवसायीले महसुस गरी अधिकारीले पटकपटक दिएमा नकारात्मक अभिव्यक्तिप्रति सञ्जालले घोर आपत्ति र भ्रत्र्सना गर्दै यथाशिघ्र उहाँलाई कारवाहीको माग गरेका छन् ।

त्यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुचारु गर्न सञ्जालको माग छ । अन्यथा शान्तिपूर्ण आन्दोलनमा जान बाध्य हुने अध्यक्ष ज्ञवालीले बताए ।