
मंगलवार , चैत्र २५, २०८१
‘कृषि, स्वास्थ्य, पर्यटन, उद्योग, व्यापार र शिक्षा, हराभरा बुद्धभूमि सिद्धार्थनगरको इच्छा’ भन्ने मूल नारा अहिलेको सिद्धार्थनगर नगरपालिकाको रहेको छ । देशकै करिबकरिब पुरानो नगरपालिकामध्येको एक सिद्धार्थनगर रुपन्देही जिल्लाका सदरमुकाम भैरहवा र वरपरको करिब ३६ वर्ग किलोमिटर क्षेत्रफलमा पैmलिएको छ । दक्षिणमा भारतको सिमाना र पश्चिममा बुद्धभूमि लुम्बिनी रहेको यो सिद्धार्थनगर बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वारको रुपमा समेत परिचित रहेको छ । यहाँ केही राम्रा र सुधारिदै गएको अवस्थादेखि केही सुधार गर्नैपर्ने अवस्थाहरु रहेका छ । जिल्ला सदरमुकाम मात्रै नभएर नेपालमा सडकमार्ग वा पैदलयात्रा गरी सबैभन्दा धेरै पर्यटक आउने यो क्षेत्र, पर्यटन, उद्योग र व्यापारको क्षेत्रमा समेत महत्वपूर्ण नगरपालिकाभित्र पर्छ । भिन्न जातजाति र धर्म संस्कृतिका मानिसहरुको बसोबास रहेको यो क्षेत्र त्यति धेरै विवादमा पनि परेको छैन । विभिन्न बहानामा हुने बन्द, हडतालको समयमा पनि देशका अन्य भू–भागमा खाद्यान्न लगायतका विभिन्न आवश्यक वस्तुहरुको सप्लाई गर्ने माध्यम बनेको छ भैरहवा । थोरैमात्र स्रोत भएर पनि धेरै कामहरु गर्नुपर्ने यो नगरपालिका आपैmमा राम्रो भनौ या अझै धेरै कामहरु गर्नुपर्ने छ भनौ जे भने पनि सुन्दर नगर हुने क्रममा छ भन्न भने हिच्किचाहट छैन ।
सिद्धार्थनगरको विकासका लागि भनि संघीय सरकार, प्रदेश सरकार र राजस्व आम्दानीलाई समेत मिलाउँदा मात्र करिबकरिब १ अर्बको वरिपरि बजेट बन्ने देखिन्छ । १ अर्बको बजेटको सेरोफेरोमा रहेर पूर्वाधार विकासका कार्यहरु, सामाजिक सुरक्षा, स्वास्थ्य, शिक्षा लगायतमा नगरपालिकाले योजना बनाउनुपर्ने हुन्छ । यति सानो मात्रामा बजेटको आकारले विद्यालयका संरचनाहरु, जीर्ण हुँदै गएका सडक, स्वास्थ्य केन्द्रहरुको व्यवस्थापन, कृषिका क्षेत्रमा लगानी र शहर सुन्दरीकरण, मातृ शिशु, महिला स्वास्थ्य स्वयंसेविका, विभिन्न तालिम धेरै क्षेत्रमा कामहरु गर्नुपर्ने हुन्छ । नगरपालिकाले योजनाहरु ल्याउँदा त्यसको अल्पकालिन र दीर्घकालिन फाइदाहरु, बेफाइदाहरु, स्थानको छनौटदेखि धेरै पक्षलाई समेटेर ल्याउनुपर्ने हुन्छ, पपुलारिटीका लागि बोलि दिने र पछि सो कार्यसम्पन्न पश्चातको रुपरेखा नहेर्ने गर्दा रकम सदुपयोग भएको देखिदैन । त्यसको ज्वलन्त उदाहरण हामीले डण्डा छेउमा बनाएको प्रवेशद्वार, त्यसद्वारा त्यही ठाउँमा उपयोगिता के ? भन्ने प्रश्नहरु उठिरहेको छ । त्यति धेरै खर्च गरेर निर्माण गरिएको सो द्वाराको डिजाइनमा समेत धेरै प्रश्नहरु उठ्ने गरेको देखिन्छ ।
त्यसै गरी व्यवासायिक भवन भनेर हाटबजारमा बनाइएको भवनहरु, हुन त कालान्तरमा त्यसको महत्व ठूलो राख्ला तर, हाल त्यो लगानी त्यही नभएर अन्य विकास क्षेत्रहरु, अस्पताल वा विद्यालय वा रंगशाला वा डण्डा करिडोरमा नै खर्च गरेको भए सायद अरु उपयोगिता साध्य हुन्थ्यो कि ? भन्ने प्रश्नहरु उब्जनुलाई स्वभाविक नै मान्नुपर्छ । राजस्व उठाउनका लागि नगरको आर्थिक ऐनलाई मध्यनजर लगाए भने त्यहाँ खाली कर कसरी बढी भन्दा बढी उठाउन सकिन्छ भन्ने मात्र देखिन्छ, नगरबासीसँग कर उठाउने र सो रकमलाई अनुत्पादन क्षेत्रमा लगाउने हो भने त्यसको फाइदा कसले पाउने ? नगरबासीले कर किन तिर्ने ? योजना ल्याउनु र त्यसलाई कार्यान्वयन गर्ने पक्षमा ध्यान दिने हो भने नगर विकासमा त्यसको प्रत्यक्ष फाइदा देखिन्छ । हुन त पुरानो अवस्थालाई मध्यनजर गर्ने हो भने यहाँका धेरै जसो बाटाघाटाहरु पिच भएका छन् ।
सडकहरु फोहर हुने परम्परा हटेको छ, सडक बत्तीहरु पनि करिब निरन्तर बोलिरहेका छन्, व्यवस्थापनको पक्षमा केही कमजोरी देखिए पनि घरघरबाट उठ्ने फोहरहरु पनि निरन्तर उठिरहेका छन् । मेयर आवास कार्यक्रम, उपप्रमुख सुत्केरी भेटघाट कार्यक्रम, हाम्रो सिद्धार्थनगर पाठ्यक्रमहरुलाई राम्रो सुरुवातको रुपमा लिनुपर्ने हुन्छ र पनि त्यसबाट मात्र सम्भव होला त सिद्धार्थनगर विकास के यति मात्र क्षेत्र हुन् त विकास गर्नुपर्ने ? नगरपालिकाले यस क्षेत्रका विज्ञहरुसँगको सल्लाहमा यहाँको साँकृतिक महत्वदेखि लिएर भौतिक पूर्वाधार अनि शिक्षा, स्वास्थ्यको अवस्थाको बारेमा छलफल गरेर कार्य गर्ने हो भने सिद्धार्थनगर विकास एक मिसाइल हुने थियो ।
जम्मा ३६/३७ वर्ग किलोमिटरमा पैmलिएको नगरपालिकासँग आम्दानीको स्रोत बनाउने धेरै माध्यमहरु छन् । योजना पनि नभएका होइन, हरेक पटक धेरैले यसको विकासको लागि योजनाहरु प्रस्तुत गरेका छन् । सायद नगरको हरेक बजेटमा वा नीति तथा कार्यक्रमका सबै कुरा आउँछन् । तर, कार्यान्वयन गर्नका लागि खै कसले रोख्छ ? सबैभन्दा महत्वकांक्षी तर, भैरहवा विकासको आधार डण्डा करिडोर, यस करिडोरको गुरुयोजना अनुरुप सबै शक्ति लगाएर सम्पन्न गर्ने हो भने मनोरञ्जनका साथै आम्दानीको गतिलो स्रोत हुने थियो, त्यस्तै महेन्द्र सभा गृह जुन भवन आफ्नो पुरानो परिचय मेटाउँदै गणतान्त्रिक सभा गृह हुन पुग्यो तर अहिले नाम त फिर्ता भयो त्यसको शान भने अझै बाँकी छ, यसको सदुपयोग गर्ने हो भने ठूलाठूला इभेन्टहरुबाट मनग्य आम्दानी हुन सक्थ्यो, भैरहवामा अहिले पार्किङ्गको ठूलो समस्या देखिएको छ, अति आवश्यक ठाउँहरुमा पार्किङ्ग बनाउने जसले गर्दा शहरको सुन्दरीकरणका साथ साथै रोजगारीको पनि अवसर श्रृजना हुने थियो, पञ्चवाटिका पार्क र दरखसावा पार्कको सुन्दरीकणमा लगानी गरेमा त्यसले आम्दानीको अरु बलियो स्रोत बनाउन सक्थ्यो ।
नगरबासीका शान भीम अस्पतालको सही र चुस्त व्यवस्थापनले जनतामा सरकारी अस्पतालप्रतिको भावनालाई परिवर्तन गर्न तर्फ पनि नगरपालिका लाग्नुपर्ने हुन्छ । जीवनको अन्तिम यात्रा स्वर्गद्वारी घाटको व्यवस्थापनमा पनि नगरपालिका नै सक्रिय भएर लाग्नुपर्ने हुन्छ । सिद्धार्थ बसपार्कको सुन्दरीकरण र त्यसको बाँकी भागमा सुन्दर पार्कहरु निर्माण गर्ने भने पर्यटन क्षेत्रमा केही सकारात्मक सन्देश जाने थियो । यी सबै कार्य गर्नका लागि नगर कार्यपालिका भनेको पार्टीको मात्र होइन न त उहाँहरुलाई पार्टीको ह्वीप मान्नुपर्ने हुन्छ भने किन एकजुट भएर विकासका योजनाहरु बनाउन सक्नुभएको छैन ? अथवा बनेको योजना कार्यान्वयन गर्नु सक्नु भएको छैन ? । हामीसँग बुद्ध जन्मभूमि प्रवेशद्वार र अन्तर्राष्ट्रिय विमानस्थल छ भने यसको फाइदा हामीले पर्यटनको क्षेत्रबाट पनि धेरै भन्दा धेरै लिन सकिन्छ जसले गर्दा नगर विकासमा एउटा महत्वपूर्ण छलाङ पार गर्ने थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij