२०८२, श्रावण १ गते

Jul 17 2025 | २०८२, श्रावण १ गते

बुटवल फर्निचरको क्यालेन्डर विमोचन

सोमवार , चैत्र ९, २०७७

बुटवल, ९ चैत ।
बुटवल फर्निचर उद्योग संघले नयाँ वर्ष २०७८ को भित्तेपात्रो (क्यालेन्डर) विमोचन गरेको छ । सोमबार एक समारोहकाबीच संघका सल्लाहकारहरु माधव पौडेल, बोनिन पिया, सावित्रा टण्डन, नरेश श्रेष्ठ, निवर्तमान अध्यक्ष विष्णु प्रसाद पाण्डे, अध्यक्ष सुरेन्द्र ज्ञवालीले संयुक्त रुपमा भित्तेपात्रो विमोचन गरेका हुन् । 

कार्यक्रममा बोल्दै सल्लाहकार माधव पौडेलले फनिर्चर उद्यमीहरुको हितलाई मध्येनजर गरी तयार गरिएको वार्षिक कार्ययोजनाहरुलाई विशेष ध्यानमा राखेर संचालन गर्न सुझाव दिए । कार्यक्रममा अध्यक्ष सुरेन्द्र ज्ञवालीले संघ–संस्था भ्रमण, तालिम, अन्तरक्रिया, अपाङ आश्रमलाई सहयोग लगायत कार्यक्रम निरन्तरता दिएको बताए । 

त्यसै गरी रोजगार र श्रम विकाससंगै उद्योगीहरुलाई लेखा परीक्षण तालिम दिएर व्यवस्थित गराउने काम प्राथमिकतामा रहेको उनले बताए । 

कार्यक्रममा प्रथम उपाध्यक्ष तेज प्रसाद पराजुली, द्वितीय उपाध्यक्ष जिवकान्त काफ्ले, महासचिव अशोक कुंवर, कोषाध्यक्ष नेत्र रुचाल, भित्तेपात्रो प्रकाशन समितिका संयोजक काशी पोखरेलले सबै उद्योगी, ब्यवसायीहरुको सहयोगमा भित्रेपात्रो प्रकाशन गर्न सफल भएको बताए । 

कार्यक्रममा महासचिव अशोक कुवरले निवर्तमान अध्यक्ष विष्णु प्रसाद पाण्डेको संयोजकत्वमा विधान सशोधनसंगै सल्लाहकार विष्णु कुमार श्रेष्ठको संयोजकत्वमा संघको भवन निर्माण सम्पन्न भएसंगै बाँकी कार्यालय व्यवस्थापनका कामलाई अघि बढाएको बताए ।