
बुधवार , चैत्र २६, २०८१
भैरहवा, २७ चैत । नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै रुपन्देहीको भैरहवास्थित नान्स होटलले सांगीतिक कार्यक्रमसहितका कार्यक्रम आयोजना गर्ने भएको छ । नेपाली नयाँ वर्षमा आन्तरिक एवं बाह्य साथै स्थानीय ग्राहकलाई लक्षित गर्दै चैत ३१ गते आइतवार बेलकी ६ बजेदेखि मध्यरातसम्म कार्यक्रम आयोजना हुन गैरहेको होटलका महाप्रबन्धक सुनिल श्रेष्ठले बताए ।
होटलको स्वीमिङ पुल साइडमा सांगीतिक माहोलसहितको कार्यक्रम आयोजना हुनेछ । महाप्रबन्धक श्रेष्ठका अनुसार सांगीतिक कार्यक्रममा यमन ब्याण्डको प्रस्तुतीका साथै चर्चित डान्सर अभिषा राई, प्रशंसा क्षेत्रीको समेत नृत्य रहेको छ । सांगीतिक कार्यक्रममा सहभागी हुन प्रवेश निःशुल्क रहेको र आफूलाई मनपर्ने विभिन्न खानाका परिकार मेनु अनुसार अर्डर गरी खान सकिने श्रेष्ठले बताए ।
उता होटलमा बस्न आउने ग्राहकका लागि एकरातको ७ हजार ५ सय रुपैयाँको अफर ल्याएको छ । अफर अनुसार एक रात बास बसेको रात्री बफेट डिनर र बिहानको ब्रेकफास्ट सो रकममा २ जना (कपल) को लागि उपलब्ध रहेको होटलले जनाएको छ ।
कपलको लागि आकर्षक डिलक्स रुम, स्वागतम पेय पदार्थबाट साथै रेष्टुरेण्ट फुड्मा २० प्रतिशतसम्म छुट उपलब्ध गराएको र आन्तरिक पर्यटक लक्षित यो योजना चैत मसान्तदेखि २०८२ वैशाख ३ गतेसम्म लागू हुने बताइएको छ । चारतारे नान्स होटल भैरहवाको देवकोटा चोकमा अवस्थित छ ।
होटलमा स्वीट र डिलक्स गरी ६० कोठा छ भने कुची भ्वय नामको नेवारी रेष्ट्रो र क्याफे थर्टिन्थ स्ट्रीट नामको २४ घण्टे कफि सप समेत रहेको छ । होटल परिसरमा क्यासिनो प्याराडाइज सञ्चालनमा छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij