
बुधवार , चैत्र २६, २०८१
अर्घाखाँची, २७ चैत । बुधबार (आज )देखि अर्घाखाँचीस्थित पाणिनी गाउँपालिकामा ऐतिहासिक पाणिनी सम्मेलन सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको एक समारोहकाबीच उद्घाटन गरेका हुन् । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाइ स्वागत गरेका छन् ।
सम्मेलनले केवल विगत सम्झने मात्र नभइ संस्कृत भाषा, प्राचीन ज्ञान र पर्यटनको उज्यालो भविष्यको ढोका समेत खोल्ने अपेक्षा गरिएको छ । दुई दिनसम्म चल्ने यो सम्मेलनमा संस्कृतका विद्वान्, धर्मगुरु, शोधकर्ता र नीतिनिर्माताहरूको उपस्थिति भएको छ ।
कार्यक्रमको आयोजना लुम्बिनी प्रदेश सरकारअन्तर्गत उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद्, पाणिनी गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाको संयुक्त रुपमा गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij