२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनी प्रदेशको पर्यटन विकासलाई नयाँ उचाईमा पुर्‍याएका छौं : मुख्यमन्त्री आचार्य

बुधवार , चैत्र २६, २०८१

अर्घाखाँची, २७ चैत  । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विकासप्रतिको तीव्र आकांक्षा पूरा गर्न सरकार प्रतिबद्ध भएको बताएका छन् । पाणिनी तपोभूमि सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पाणिनी सम्मेलनले प्राचीन ज्ञानको संरक्षण र लुम्बिनी प्रदेशको पर्यटन विकासलाई नयाँ उचाईमा पुर्‍याएको बताएका हुन् ।

उनले तपोभूमिको गौरवलाई विश्वसामु उजागर गर्नु यस सम्मेलनको प्रमुख उद्देश्य भएको स्पष्ट पारे । उनले सम्मेलनलाई केवल औपचारिक सभा नभइ, प्राचीन ज्ञान, संस्कृति र इतिहासलाई नयाँ पुस्तासँग जोड्ने अवसरका रूपमा उल्लेख गरे ।

‘पाणिनीको तपोभूमिलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न उत्खनन्, संरक्षण र अन्तर्राष्ट्रिय प्रचारमा प्रदेश सरकारले विशेष जोड दिएको छ,’ मुख्यमन्त्री आचार्यले भने,‘यी प्रयासहरूले रोजगारी सिर्जना,आर्थिक समृद्धि र साँस्कृतिक जागरणको आधार तयार गर्नेछन् ।’