२०८२, श्रावण १ गते

Jul 17 2025 | २०८२, श्रावण १ गते

काठमाडौंका पाँच स्थानमा शाइन रेसुंगा बैंकका शाखा   

सोमवार , चैत्र ९, २०७७

बुटवल, ९ चैत । 
लुम्बिनी प्रदेशको अग्रणी शाइन रेसुङ्गा बैंकले संघीय राजधानी काठमाडौंमा एकै दिन पाँच स्थानमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । काठमाडौंको नयाँ बानेश्वर, न्यूरोड, कलंकी, गोंगबु र बसुन्धरामा आइतबारदेखि औपचारिक रुपमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । 

बैंकका अध्यक्ष थानेश्वर पौडेलले संघीय राजधानीमा स्थापित नयाँ शाखाहरूको आइतबार साँझ बानेश्वरको एभरेष्ट होटेलमा आयोजित समारोहकाबीच औपचारिक उद्घाटन गरे । योसंगै बैंकको शाखा संख्या ८० पुगेको छ । अध्यक्ष पौडेलले शाइन रेसुंगा बैंकले ग्रामीणमुखी बैंकिङलाई प्राथमिकता दिए पनि राष्ट्रियस्तरमा स्तरोन्नति भएसंगै संघीय राजधानीसहित सातै प्रदेशमा शाखा सञ्जाल विस्तारको क्रममा रहेको बताए । बैंकको शाखा सञ्जाल सहरी क्षेत्रमा करिब १५ प्रतिशत, अर्धसहरी क्षेत्रमा २५ प्रतिशत र ग्रामीण क्षेत्रमा ६० प्रतिशत रहेको उनले बताए । 

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले लुम्बिनी प्रदेशलाई केन्द्र बनाएर आफ्नो ब्राण्ड जोगाउँदै संघीय राजधानीमा पनि आफ्नो बलियो उपस्थिति देखाउने लक्ष्य सहित डिजिटल बैकिङलाई प्राथमिकता दिएर सेवा प्रवाह गर्ने बताए । बैंकले ३३ अर्ब भन्दा बढी निक्षेप संकलन, ३० अर्ब भन्दा बढी कर्जा प्रवाह र ४ लाख भन्दा बढी र हाल ग्राहक भएको जानकारी दिए ।