
आइतवार , चैत्र ३०, २०८१
भैरहवा, ३१ चैत । पर्यटन प्रवर्द्धनका लागि सबैको हातेमालो आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । शालीन साप्ताहिक पत्रिकाको नयाँ वर्ष २०८२ सालको भित्तेपात्रो बिमोचन कार्यक्रममा बोल्दै वक्ताहरूले सबैको सहकार्य र सामूहिक प्रयासले पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गरेका हुन् ।
कार्यक्रममा मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरीले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि गाउँपालिका सबै सरोकारवालासँग सहकार्य गर्न तयार रहेको बताए । अध्यक्ष चौधरीले लुम्बिनीलाई केन्द्रमा राखेर मायादेवी गाउँपालिकाका महत्वपूर्ण पर्यटकीय स्थलको प्रवद्र्धन आवश्यक रहेको बताए ।
सशस्त्र प्रहरी बल, नेपाल नं २७ गण हे.क्वा. रूपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मेखराज जोशीले पर्यटन प्रवद्र्धनका लागि सबै पक्ष हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
लुम्बिनी प्रदेश पर्यटन विकास परिषद् सदस्य तथा होटल व्यवसायी महासंघ, नेपालका केन्द्रीय उपमहासचिव राजेश महत्राले लुम्बिनी प्रदेशका पर्यटकीय स्थलको विकासका लागि सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
लुम्बिनी बौद्ध बिश्वबिद्धालयका उपप्राध्यापक आचार्य दयानिधिले स्थानीयस्तरमा पर्यटन विकासका लागि बौद्ध शिक्षा र ज्ञानको आवश्यकता रहेको बताए । उनले पाठ्यक्रममा बौद्ध शिक्षा लागू गर्नुपर्ने बताए । शालीन साप्ताहिकका सम्पादक शशि पन्थीले सबै सरोकारवाला निकाय र सञ्चारकर्मीको सहकार्यमा राम्रा कुराको प्रचारप्रसार आवश्यक रहेको बताए ।
कार्यक्रममा मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुव नारायण चौधरी, सशस्त्र प्रहरी बल नेपाल नं २७ गण हे.क्वा., रूपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक मेखराज जोशी, चार्टर्ड एकाउन्टेण्ट शिवहरी शर्मा, लुम्बिनी प्रदेश पर्यटन परिषद् सदस्य राजेश महोत्रा र लुम्बिनी बौद्ध बिश्वबिद्धालयका उप– प्राध्यापक आचार्य दयानिधिले संयुक्त रूपमा क्यालेण्डर विमोचन गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij