२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सिद्धार्थ सडक खाना महोत्सवको मिति परिवर्तन, सोमबार हुने

आइतवार , चैत्र ३०, २०८१

भैरहवा, ३१ चैत । होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको सह–आयोजनामा शुक्रबार (आज) भैरहवामा हुने भनिएको सिद्धार्थ सडक खाना महोत्सव–२०८१ को मिति परिवर्तन गरिएको छ । मौसमको प्रतिकूलताका कारण वैशाख १ गते सोमबार (भोली) महोत्सव सञ्चालन गरिने संगठनका महासचिव बाल बहादुर घिमिरे (सुनिल) ले बताए ।

‘सोमबार साँझ ६ बजेदेखि राती १२ बजेसम्म सिद्धार्थनगर नगरपालिका–३ स्थित रंगशाला रोडमा महोत्सव सञ्चालन हुनेछ । ‘कार्यक्रमको मिति परिवर्तन गरिएको र यसबाट पर्ने असुविधाका लागि सम्पूर्ण निकाय र व्यवसायीप्रति क्षमायाचना गर्दछौं,’ महासचिव घिमिरेले भने ।

Food festival (1).jpg