२०८२, भाद्र २७ गते

Sep 12 2025 | २०८२, भाद्र २७ गते

उद्योगी राजेश अग्रवाल नेकपा एमालेमा प्रवेश

मंगलवार , चैत्र १०, २०७७

  • 7.2K
    Shares
  • 7.2K
    Shares
  • भैरहवा १० चैत ।
    उद्योगी राजेश कुमार अग्रवाल नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अग्रवाललाई खादा लगाई पार्टीमा स्वागत गर्नुभएको एमाले नेता भारत कुमार पोखरेलले बताए ।

    नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका अग्रवाल अर्घाखाँची सिमेन्ट प्रा.लि. का प्रबन्ध निर्देशक तथा श्री स्टिल प्रा.लि.का सञ्चालक समेत हुन् ।

    विगत लामो समयदेखि उद्योग व्यवसाय क्षेत्रमा संलग्न भैरहवा निवासी अग्रवाल एमालेमा प्रवेश गरेपछि उनलाई यस क्षेत्रका उद्योगी व्यवसायी तथा नेताहरुले बधाई तथा शुभकामना दिइरहेका छन् ।

    उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारी राष्ट्रलाई रोजगार र अर्थतन्त्रमा टेवा पुर्याउनुभएका अग्रवाल एमालेमा प्रवेश गर्नुभएको भन्दै बधाई तथा शुभकामना व्यक्त गरे ।

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का वडा सदस्य समेत रहेका एमाले नेता सरोज ठकुरीले भने ‘सुखी नेपाली समृद्ध नेपाल’ को आकांक्षा पूरा गर्न एमालेमा प्रवेश गरी उद्योगी व्यवसायीको समस्या समाधान गर्ने  हेतूले प्रतिष्ठित उद्योगपति अग्रवाललाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौं ।’