२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

प्रधानमन्त्री ओली लुम्बिनीमा

शनिवार , बैशाख १३, २०८२

लुम्बिनी, १३ वैशाख । लुम्बिनीमा अन्तर्राष्ट्रिय साँस्कृतिक फेस्टिबल र सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आएका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई लुम्बिनीमा स्वागत गरेका हुन् । 

नेपाल र चीनबीचको साँस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो फेस्टिबल लुम्बिनीमा आयोजना गरिएको छ । फेस्टिबल अन्तर्गतको अन्तर्राष्ट्रिय सेमिनारको आयोजक लुम्बिनी बौद्ध विश्वविद्यालय रहेको छ भने फेस्टिबलको समन्वय सारीपुत्र फाउण्डेशनले गरेको छ । नेपाल र चीनबीचको कला र संस्कृति प्रवद्र्धनको उद्देश्यसहित फेस्टिबल हुन लागेको हो । चीनको वल्र्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एण्ड पेन्टिङ एकेडेमीले सहकार्य गरेका छन् । संस्कृति तथा पर्यटन मन्त्रालय र लुम्बिनी विकास कोषले पनि सहकार्य गरेका छन् ।

फेस्टिबलमा ४० देशका प्रतिनिधिहरु सहभागी हुने जनाइएको छ । फेस्टिबलमा ५ हजार बढीको सहभागीता रहने बताइएको छ । अन्तर्राष्ट्रिय सेमिनार भने लुम्बिनी बौद्ध विश्वविद्यालयमा हुनेछ । विश्वविद्यालयको मेत्ता हलमा हुने सेमिनारको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने कार्यक्रम छ ।