२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

‘लुम्बिनीमा अन्तर्राष्ट्रिय सेमिनारलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्छ’

आइतवार , बैशाख १४, २०८२

भैरहवा, १४ वैशाख । लुम्बिनी प्रदेश सभा सदस्य चन्द्रकेश गुप्ता (सि.के.) ले बुद्ध जन्मस्थल लुम्बिनीमा आगामी दिनमा पनि अन्तर्राष्ट्रिय साँस्कृतिक फेस्टिबल र सेमिनारलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । उनले यस्ता कार्यक्रमले साँस्कृतिक सम्बन्ध विस्तार तथा पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने बताए ।

लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री समेत रहेका गुप्ताले यस्तो कार्यक्रमले लुम्बिनीको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने बताए । लुम्बिनीबासी भएकाले पनि लुम्बिनी आयोजना हुने यस्ता कार्यक्रममा आफ्नो सदैव साथ र सहयोग रहने उनको भनाइ छ । ‘सुमगलो भन्तेको पहलमा आयोजना गरिएको यो कार्यक्रम महत्वपूर्ण छ, ’उनले भने ।

फेस्टिबल अन्तर्गतको अन्तर्राष्ट्रिय सेमिनारको आयोजक लुम्बिनी बौद्ध विश्वविद्यालय रहेको थियो भने फेस्टिबलको समन्वय सारीपुत्र फाउण्डेशनले गरेको थियो । चीनको वल्र्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड, वीचो पिस क्यालिग्राफी एण्ड पेइनिङ एकेडेमी, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र लुम्बिनी विकास कोषले सहकार्य गरेका थिए ।

नेपाल–चीन बौद्ध संस्कृति र कला विषयक दुईदिने अन्तर्राष्ट्रिय गोष्ठीको उद्घाटन कार्यक्रममा विज्ञहरुले बुद्ध कला, दर्शन र संस्कृतिले आधुनिक समयमा नेपाल–चीन सम्बन्धलाई अझ मजबुत बनाएको बताएका थिए । नेपाल र चीनबीचको कला संस्कृति प्रवद्र्धनको उद्देश्यसहित फेस्टिबल आयोजना गरिएको आयोजकले जनाएका छन् ।