२०८२, भाद्र ९ गते

Aug 25 2025 | २०८२, भाद्र ९ गते

खोजेर कहाँ पाइन्छ सत्ययुग कलियुगमा

शनिवार , बैशाख २०, २०८२

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • मनमा छन् अनेकौ पिडा
    हासेर दबाउन खोज्दछ
    दैबको लेखा हो भनि
    मन उ बुझाउदछ ।

    थिए हातहरु पहिला न्याना
    सबका नजरमा प्यारा
    चिसा कठांग्रिये छन् अहिले
    हुदैछन् सम्बन्ध पनि चिसा

     

    माया, प्रेमका कथाहरु त्

    किताबमा सजिएछन् बरा  

    संगिनीका शब्द बाणले पनि

    सम्झाउछन् बेलाबेला l

     

    दिनरात एकै ठाउमा राखी

    सपना हजारौ उ बुन्दथ्यो

    बिर्सिएछन् त्यागका कथा

    जसलाई आफ्नो उ ठान्दथ्यो l

     

    फेरिएछसमयको गति

    घडीको सुइ घुम्दैझन् छिटो

    कलियुगको यो सन्तापमा

    खोज्दैउज्यालो सत्ययुगकोl

     

    हराएछन् सत्यका बाटा

    अन्धकारले निल्यो कि कसो

    सपनामा पनि केवल देखिन्छ

    झल्कोमात्र कलियुगको l

     

    समयको फेरवाट मोडिएर

    नियति समेट्न आउदछ

    सत्ययुगको चौघेरा तोडिदै

    कलियुगको प्रकाश बढिरहेछ ।