२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

मध्यविन्दु सहकारीद्वारा शेयर सदस्यलाई तालिम

शनिवार , बैशाख २०, २०८२

भैरहवा, २० वैशाख । मध्यविन्दु बचत तथा ऋण सहकारी संस्था लि.सिद्धार्थनगर, रुपन्देहीले संस्थाका शेयर सदस्यहरुलाई शनिबार एकदिने सहकारी शिक्षा तालिम प्रदान गरेको छ । संस्थाका कार्यवाहक अध्यक्ष जीवन शर्मा रिमालको अध्यक्षतामा भएको तालिममा सिद्धार्थनगर नगरपालिकाका सहकारी शाखा प्रमुख कमलकान्त खनाल र सहकारीका जानकार चन्द्रकान्त भट्टराईले प्रशिक्षण दिएका थिए ।

पछिल्लो समय सहकारीको अवस्था सहकारी ऐन, नियम संशोधन तथा नेपाल राष्ट्र बैकको भूमिका लगायतका विषयमा प्रशिक्षण दिइएको सहकारी संस्थाका कोषाध्यक्ष कविराज भट्टराईले बताए । संस्थाका सञ्चालक, पदाधिकारी तथा शेयर सदस्यहरुको क्षमता अभिवृद्धिका लागि संस्थाले तालिम प्रदान गर्दै जाने लेखा समिति संयोजक गोपाल प्रसाद अर्यालले बताए । 

संस्थाका सचिव लक्ष्मण प्रसाद गौतमको स्वागत मन्तव्यमा भएको कार्यक्रममा तालिम शिक्षा संयोजक चर्तुभुज रेग्मीले सञ्चालन गरेका थिए । २०६७ सालमा स्थापना भएको सहकारी संस्थामा हाल १२० जना शेयर सदस्यहरु रहेको कार्यसमिति सदस्य सीता खनालले बताइन् ।