२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

गरीब विद्को चिनारी 

बुधवार , चैत्र ११, २०७७

  • 6.1K
    Shares
  • 6.1K
    Shares
  • - महेश यादव 

    गरीब छुँ र के भन्ने ! हिम्मत हारेको छैन् 
    सपना साकार नभए पनि आँसु झारेको छैन ।

    आर्थिक बिहिन छुँ तर मन सानो परेको छैन 
    गरीबीमा अल्झेर पनि कर्तव्य छाडेको छैन । 

    हिम्मत गर्दा विद्या आर्जन गरे ता पनि 
    विद्धानहरुको पाउनुपर्ने इज्जत देखिएको छैन । 

    भन्छन गरीबि हो मानव जीवनको अभिशाप , 
    तर लाग्छ मैले बाटो बिराएको छैन ।

    उद्योग व्यापार गर्नलाई रुपैयाँ पैसा छैन, 
    जागिर कतै खाउ भने सोर्स फोर्स छैन ।

    ढुँगा माटो गँरुत बल तागत मसंग छैन 
    हलो कोदालो कुटि लिउत आफ्नो निजी खेत छैन् । 

    न त जागिर न त पेन्सन न त कुनै आधार , 
    के गरीबलाई यो देशमा बाँच्ने छैन अधिकार ।