२०८२, माघ १८ गते

Feb 01 2026 | २०८२, माघ १८ गते

प्रधानमन्त्री ओली लुम्बिनीमा

सोमवार , बैशाख २९, २०८२

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • लुम्बिनी, २९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार (आज) लुम्बिनी आएका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई स्वागत गरेका हुन् । २५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनी आएका हुन् ।

    प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । लुम्बिनी विकास कोषले बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली, लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसहित संघीय सरकारका मन्त्रीहरू, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्रिपरिषद्का सदस्यहरू, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुने कार्यक्रम रहेको जनाएको छ । यसका लागि लुम्बिनीलाई झकिझकाउ बनाइएको छ ।