
मंगलवार , बैशाख ३०, २०८२
लुम्बिनी, ३० बैशाख । सगरमाथा आधार शिविरबाट शुरु गरिने एभरेष्ट म्याराथनको लागि लुम्बिनीबाट लुम्बिनी पिस टर्च सगरमाथा लगिएको छ ।
लुम्बिनी स्थित विश्व शान्ती दीपको ज्वालालाई (बुद्ध फ्लेम) लाई ओलम्पियक धावक बैकुण्ठ मानान्धरको नेतृत्वमा सगरमाथा पठाइएको छ । टर्चलाइ लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राइले मानन्दरलाई हस्तान्तरण गरे।
टर्चलाई लुम्बिनीको मायादेवी मन्दिर परिक्रमा गराइ तिलौराकोर हुँदै काठमाण्डौ र त्यहाँबाट सडक मार्ग हुँदै सोलुखुम्बुको सल्लेरी पुर्याइने छ । त्यहाबाट २ जना धावकले पैदलमार्ग हुँदै नाम्चे पुर्याउने अन्तर्राष्ट्रिय धावक बैकुण्ठ मानान्धरले जानकारी दिए ।
त्यहाबाट टर्चलाइ सगरमाथाको आधार शिविर पुर्याइ एभरेष्ट म्याराथनको सुरुवात गरिने बताइएको छ ।
एभरेष्ट म्याराथनका परिकल्पनाकार विक्रम पाँडे काजीले लुम्बिनीलाई सगरमाथासंग सिधा जोड्न लुम्बिनी पिस टर्चले सहयोग पुर्याउने उल्लेख गरे । उनले २१ औ संस्करणको एभरेष्ट म्याराथनमा ३२ देशका धावकहरु बिच विश्व शान्तीको लागि टर्च परिक्रमा गराइने बताए । यसले लुम्बिनीको पवित्रता विश्वभर फैलाउन सहयोग गर्नेछ ।
सगरमाथा दिवस २९ मे अर्थात १५ जेठमा सगरमाथा आधार शिविरबाट नाम्चेसम्म विश्वकै अग्लो स्थानमा एभरेष्ट म्याराथन हुने गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij