२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

न्यौपाने र पन्थीलाई माओवादी केन्द्रले सोध्यो २४ घण्टे स्पष्टीकरण

बिहिवार , चैत्र १२, २०७७

भैरहवा, १२ चैत ।
नेकपा (माओवादी केन्द्र) ले दुई जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ । पार्टी लुम्बिनी प्रदेश संसदीय दलको बिहीबार बसेको बैठकले रुपन्देही क्षेत्र नम्बर १ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य दधिराम न्यौपाने (माधव) र गुल्मीका दिनेश पन्थीलाई २४ घण्टाको स्पष्टिकरण सोधेको हो ।

माओवादी केन्द्रबाट निर्वाचित भए पनि न्यौपाने र पन्थी नेकपा एमालेमा लागेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि उनीहरु ओली पक्षमा लागेका हुन् ।

सर्वोच्च अदालतले नेकपा सम्बन्धी नामको निरुपण गर्दै एमाले र माओवादी केन्द्र व्यूत्याएपछि पनि न्यौपाने र पन्थी एमालेमै रहने बताएका थिए । त्यसपछि पार्टी हितविपरीत काम गरेको भन्दै संसदीय दलले स्पष्टीकरण सोधेको हो । पार्टी संसदीय दलका नेता एवं लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले स्पष्टीकरण सोधेको संसदीय दलका प्रमुख सचेतक तुलाराम घर्तीमगरद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।164501153_197815165447331_3483683212932732329_n.jpg

माओवादीको संसदीय दलको बैठकले माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा तुलराम घर्तीमगर र सचेतकमा पार्वती पुन गहतराजलाई नियुक्त गरेको छ ।