२०८२, भाद्र २७ गते

Sep 12 2025 | २०८२, भाद्र २७ गते

लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन चैत्र १८ गतेका लागि आब्हान

शुक्रवार , चैत्र १३, २०७७

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • बुटवल, १३ चैत्र। लुम्बिनी प्रदेश सभाको सातौ अधिबेशन आगामि चैत्र १८ गतेका लागि आब्हान गरिएको छ।

    छैठौ अधिबेशन अन्त भएपछि संबैधानिक संकट आउन लागेपछि प्रदेश सरकारले सरकारले प्रदेश सभाको सातौं अधिवेशन आगामी चैत्र १८ गते बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो। 

    प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले चैत्र १८ गते प्रदेश सभाको सातौं अधिबेशन अर्थात हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। 

    सरकारको सिफारिष लगत्तै प्रदेश प्रमुख धर्मनाथ यादवले मन्त्रीपरिषद्को सिफारिषमा नेपालको संबिधानको धारा १८३ को उपधारा १ बमोजिम चैत्र १८ गते दिउसो १ बजेका लागि बैठक आब्हान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवि पौडेलले जानकारी दिए। 

    गत असोज २० गते प्रदेशको स्थायी राजधानी र नामाकरण टुंगो लगाउदै छैठौं अधिबेशन सम्पन्न गरिएको थियो। संविधानमा उल्लेख भए अनुसार अधिवेशन सकिएको ६ महिना भित्र अर्को अधिवेशन डाक्नु पर्ने ब्यबस्था छ।

    अघिल्लो वर्ष हिउँदे अधिवेशन माघ महिनामै बोलाइएको थियो। केन्द्रमा भएको राजनैतिक उथलपुथलको प्रभाव प्रदेशमा पनि परेका कारण अधिबेशन डाक्न ढिलाइ भएको हो।