
सोमवार , आषाढ २, २०८२
काठमाडौं, २ असार । नेपालमा ३० वर्ष भन्दा माथिका विवाहित जोडीमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता रहेको अध्ययनले देखाएको छ ।
सोमवार काठमाडौंमा सार्वजनिक गरिएको एक अध्ययनले ३० वर्ष भन्दा माथिका विवाहित जोडीहरुमा यो समस्या बढी रहेको देखाएको हो । त्यसमा पनि ३२ देखि ३९ वर्ष उमेर समूहका मानिसहरुको संख्या बढी रहेको छ । नेपालमा ३० वर्षमाथिका विवाहित जोडीहरुमध्ये ७३.७ प्रतिशतमा यौन दुर्बलता रहेको अध्ययनले देखाएको छ ।
३० वर्षमाथिका ७२ प्रतिशत पुरुषमा यौन दुर्बलताको समस्या रहेको छ भने ३० वर्षमाथिका ६७ प्रतिशतमा महिलाहरुमा यो समस्या दखिन्छ । कार्यक्रममा बोल्दै अनुसन्धानकर्ता डा. खेम कार्कीले कुल यौन दुर्बलता भएकामध्येमा सेक्सुअल डिजायर कम्परमाइज (यौन इच्छा दबाउने) हुनेहरुको संख्या ९२ प्रतिशत रहेको बताउनु भयो । उहाँले कुल यौन दुर्बलता भएकाहरुमध्ये महिलालाई अराउजल (उत्तेजना नहुने) समस्या ९४ प्रतिशत रहेको बताउनु भयो । ८४ प्रतिशत पुरुषहरु यौन सम्बन्ध राखेपनि सन्तुष्टि हुन नसकेको अध्ययनले देखाएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘विश्वस्तरमा यौन दुर्बलताको स्थिति हेर्दा झन्डै झन्डै आधा जनसंख्या ४३ प्रतिशत पुरुष र ४९ प्रतिशत महिलामा यौन दुर्बलता भएको देखिन्छ । एशियन देशहरुमा अरु क्षेत्रको भन्दा अझ बढी छ । मलेसियामा ६९, सिंगापुरमा ७३ प्रतिशत, हङकङ्गमा ६४ प्रतिशतसम्म छ पुरुषहरुमा भने महिलामा सिंगापुरमा महिलामा ५६ प्रतिशत देखिएको छ । नेपालमा हामीले क्लिनिकल हस्पिटल स्टडिजहरु गर्दा ७३.७ प्रतिशतसम्मको यौन दुर्बलता रहेको पाएका छौँ । क्लिनिकल हस्पिटल स्टडिजहरु हेर्दा जनसंख्यावेशमा यसको स्थिति के छ भनेर पपुलेशन बेसमा यो स्टडी गरेका हौँ । विशेष गरी ३० वर्ष भन्दा माथिका विवाहित जोडीहरुमा हामीले हरेका हौँ । यौन प्रवलता बढाउन हामीले के सुझाव दिने भन्ने पनि अध्ययन गरेका छौँ ।
यसमा ३२ देखि ३९ वर्ष उमेर समूहका मानिसहरुको संख्या बढी छ । ३० वर्षमाथिका ७२ प्रतिशत पुरुषमा यो समस्या रहेको छ । त्यस्तै ३० वर्षमाथिका ६७ प्रतिशतमा महिलाहरुमा यो समस्या दखिन्छ । समग्रमा ६८ प्रतिशत भन्न सकिन्छ । टोटल यौन दुर्बलता भएकामध्येमा सेक्सुअल डिजायर कम्परमाइज हुने भनेको ९२ प्रतिशत छ । महिलालाई अराउजलको समस्या ९४ प्रतिशत रहेको छ । ९४ प्रतिशत महिलामा यौनको उत्तेजना नै नहुने खालको समस्या छ । ८४ प्रतिशत पुरुषहरुले यौन सम्बन्ध राखेपनि सन्तुष्टि हुन सकेका छैनन् ।’
मधेसका महिला र कर्णालीका पुरुषमा सबैभन्दा बढी यौन दुर्बलता
उहाँकाअनुसार प्रदेशगत रुपमा हेर्दा पुरुषहरुमा सबैभन्दा बढी यौन दुर्बलता कर्णाली प्रदेशका पुरुषमा रहेको पाइएको छ । महिलामा सबैभन्दा बढी यौन दुर्बलता मधेस प्रदेशमा रहेको छ । कोशीमा ७८ प्रतिशत पुरुष र ५१ प्रतिशत महिलामा यौन दुर्बलता र ६० प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । त्यस्तै मधेस प्रदेशमा ६४ पुरुष, ७३ प्रतिशत महिला र ७३ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । वागमतीमा पुरुष ७४, महिला ६४ र ६७ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ ।
त्यस्तै गण्डकीमा ७६ पुरुष, ४७ महिला र ५५ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । लुम्बिनीमा ७२ पुरुष, ४१ महिला र ५३ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । त्यस्तै कर्णालीमा ८२ पुरुष, ७० महिला र ७२ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा ६७ पुरुष, ६३ महिला र ६३ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । यो अध्ययन ३० वर्षमाथिका विवाहित जोडीमा गरिएको अध्ययन हो ।
उहाँले भन्नुभयो, ‘यौन दुर्बलता सबैभन्दा बढी कर्णाली प्रदेशका पुरुषमा रहेको छ । महिलामा सबैभन्दा बढी यौन दुर्बलता मधेस प्रदेशमा रहेको छ । कोशीमा पुरुषमा ७८ र महिलामा ५१ एवं जोडीमा ६० प्रतिशत यौन दुर्बलता रहेको छ । त्यस्तै मधेस प्रदेशमा ६४ पुरुष, ७३ प्रतिशत महिला र ७३ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । त्यस्तै वागमतीमा पुरुष ७४, महिला ६४ र ६७ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ ।
त्यस्तै गण्डकीमा ७६ पुरुष, ४७ महिला र ५५ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । लुम्बिनीमा ७२ पुरुष, ४१ महिला र ५३ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । त्यस्तै कर्णालीमा ८२ पुरुष, ७० महिला र ७२ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा ६७ पुरुष, ६३ महिला र ६३ प्रतिशत ३० वर्ष माथिको जोडीहरुमा यौन दुर्बलता रहेको छ ।’
अध्ययनअकाअनुसार हिमाली क्षेत्रका पुरुषहरुमा बढी यौन दुर्बलता रहेको छ । हिमाल र पहाड क्षेत्रका महिलाहरुमा करिव उस्तै उस्तै यौन दुर्बलता रहेको पाइएपनि तराईका महिलाहरुमा बढी यौन दुर्बलता रहेको अध्ययनले देखाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij