२०८२, आषाढ २५ गते

Jul 09 2025 | २०८२, आषाढ २५ गते

वकील पक्षधर हुन्छ तर न्यायाधीश निरपेक्ष हुनुपर्छ : प्रस्तावित न्यायाधीश पोखरेल

आइतवार , आषाढ १५, २०८२

काठमाडौं, १५ असार । सर्वोच्च अदालतमा प्रश्तावित न्यायाधीश मेघराज पोखरेलले न्यायपालिका स्वतन्त्र र निष्पक्ष हुनुपर्ने बताउनुभएको छ । 

आईतवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कानून व्यवसायीहरु पक्षधर हुने तर न्यायाधीश निरपेक्ष हुनुपर्ने बताउनु भयो । आफू न्यायाधीश बनेपछि निरपेक्ष रुपमा काम गर्ने जिकिर गर्नुभयो । न्यायाधीश भएपछि संविधान, कानून र न्यायको पक्षमा अब्बल सावित गर्ने प्रतिवद्धता जनाउनु भयो । 

उहाँले भन्नुभयो, ‘कानून व्यवसायीहरुले एउटा न एउटाको पक्षधरमै काम गर्नुपर्छ । तर न्यायाधीश भएपछि न्यायाधीशको पक्ष हुँदैन । न्यायकर्मीको जिम्मेवारी पाएँ भने मेरो जुन रोल थियो, त्यसलाई परिवर्तन गरेर संविधान, कानून र न्यायको पक्षमा अब्बल सावित गर्नेछु । न्यायपालिका स्वतन्त्र र निष्पक्ष हुनुपर्छ । त्यस्तो दृष्टिकोण न्यायाधीशले राख्नुपर्छ । यसको लागि न्यायपालिकामा दबाब, प्रलोभनहरु आउनसक्छन् । धम्की आउनसक्छन् । त्यो भन्दा माथि उठेर निर्णय गर्नुपर्छ । कार्यपालिका र व्यवस्थापिकासँगको सम्बन्धमा पनि न्यायपालिकाको भुमिका हुन्छ ।’

उहाँले सबैले संविधानभित्रै रहेर काम गर्नुपर्ने बताउनु भयो । संविधानको सीमाभित्र रहेर काम गर्न नसके मुलुकमा गतिरोध हुने जिकिर गर्नुभयो ।