images

मंगलवार, बैशाख २५ गते २०८१

बुटवल नारायणगढ सडक खण्डको दाउन्नेसम्मको सडक,  ३ बर्षमा चाढे ४ प्रतिशत मात्र प्रगती 

बुटवल नारायणगढ सडक खण्डको दाउन्नेसम्मको सडक,  ३ बर्षमा चाढे ४ प्रतिशत मात्र प्रगती 

images
images
images
बिहिवार, चैत्र १९ २०७७
बिहिवार, चैत्र १९ २०७७
  • बुटवल नारायणगढ सडक खण्डको दाउन्नेसम्मको सडक,  ३ बर्षमा चाढे ४ प्रतिशत मात्र प्रगती 

    बुटवल। चैत ८ २०७५ मा निकै तामझामका साथ प्रधानमन्त्री केपि शर्मा ओलीले बुटवल नारायणगढ सडक खण्डको सिलन्यास गरे। ‘फास्ट ट्रयाक’ मा काम गरिने भन्दै प्रधानमन्त्री ओलीले सडक सिलन्यास गरेको ३ बर्ष बितिसक्दा सम्म सडक निर्माणले कुनै गती लिएको छैन्। 

    images
    images
    images

    प्रधानमन्त्री ओलीले बुटवलमा भब्य कार्यक्रमको आयोजना गरी निकै तामझामका साथ सडक बिस्तार कार्यको सिलन्यास गरेको देख्दा लाग्थ्यो आयोजना सम्पन्न गर्ने समयाबधि अगावै सम्पन्न होला भन्ने लागेको थियो। 

    मध्ये नेपालको २ लेनको बुटवल नारायणगढ सडक खण्डलाई विस्तार गरी चार लेन र छ लेनको बनाउने भन्दै सडकको सिलन्यास गरिएको थियो। ‘एक्सप्रेस हाइवे’ को रूपमा विकास गर्ने गरी शिलन्यास गरिएको ३ बर्ष बित्दा सम्म सडक निर्माणको खासै सुरसार हुन सकेको छैन्। सडक निर्माणको यो गती हेर्दा यो आयोजना समयमा सम्पन्न हुने छाटकाट त छैन् नै अर्को ३ बर्षमा पनि सडक निर्माण हुनेमा शंका उब्जीएको छ। 

    निकै तामझामका साथ सडक शिलन्यास हुदा उत्साहित भएका यस क्षेत्रका उद्योगी, व्यवसायी तथा सर्वसाधारण लामो समय सम्म सडक निर्माणले गती नलिएपछि भने निरास भएका छन्। 
    १ सय १४ किलोमिटर सडक साढे तीन वर्षमा सम्पन्न गर्ने गरी सम्झौता भएको थियो। तर सम्झौता भएको ३ बर्ष पुरा हुँदा सम्म बुटवल देखि दाउन्ने सम्मको खण्डमा साढे चार प्रतिशत मात्र काम भएको छ। 

    ३ बर्षमा ५ प्रतिशत पनि काम नगर्ने आयोजनाले कहिले पुरा गर्ला आयोजनाको सम्पुर्ण काम। आयोजना सम्झौता भएको १ बर्ष सम्म आयोजना स्थलमा सडक निर्माणका लागि आबश्यक पर्ने सामाग्री तथा ईक्युप्मेण्ट ल्याईदै थियो। ईक्युप्मेन्टहरु भारत, पाकिस्तान लगाएतका देशबाट ल्याईनु पर्ने भएकाले समय लागेको आयोजनाले बताएको छ । 

    बुटवल देखि नारायणगढ सम्म दुई खण्डमा सडक निर्माण भईरहेको छ। बुटवल देखि दाउन्ने सम्म एक खण्ड र दाउन्ने देखि नारायणगढ सम्म अर्को खण्डमा काम भईरहेको छ। बुटवल देखि दाउन्ने सम्मको खण्डमा ३ बर्षको अबधिमा साढे ४ प्रतिशत मात्र काम सम्पन्न भएको छ। 

    IMG_20210313_084745.jpg

    सम्झौता अनुरुप सडक निर्माणको काम सम्पन्न हुन अब १८ महिनामात्र बाँकी छ। तर, आयोजना सम्पन्न हुने समय नजिकदै गर्दा आयोजनाले भौतिक तथा आर्थिक दुवै प्रगती गर्न सकेको छैन्। आयोजनाले अहिले सम्म मोबिलाइजेसन खर्च मात्रै दिएको छ। ७ अर्बको लागतमा निर्माण सम्पन्न गर्ने भनिएको आयोजनामा हालसम्म १ अर्ब जति खर्च भएको आयोजनाका ईन्जिनियर प्रदिप शाक्यले जनाए। 

    सडक निर्माण पुर्व गरिनु पर्ने पुर्व तयारी तथा बिश्वमै महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण सडक बिस्तारमा ढिलाई भएको आयोजनाले जनाएको छ। आयोजनाका अनुसार पछिल्लो समय सडक बिस्तारले गती लिएको छ। 

    बुटवल देखि दाउन्ने सम्मको सडकमा अहिले रुख कटान, सडक छेउमा माटो फिलिङ, ढल निर्माण तथा पुल निर्माणको कामले गती लिएको ईन्जिनियर शाक्यले जानकारी दिए। 
    सडक किनारामा रहेका बिद्युतका पोल सार्ने तथा तार तान्ने काम पनि एक साथ अगाडि बढेको उनको भनाई छ। ‘रूख कटानको लागि वन मन्त्रालयमा प्रक्रिया पुरा गर्न केहि समय लाग्यो, त्यसले गर्दा पनि सडक बिस्तारका लागि हामीलाई समय लागेको हो। उनले भने रुख कटानको काम लगभग अन्तीममा पुगेको छ। 

    बुटवल देखि दाउन्ने सम्मको खण्डमा १२ हजार रुख काट्नु पर्ने थियो। त्यसमध्ये ९ हजार जति रुख कटान गरिएको र बाँकी ३ हजार रुख काट्ने काम पनि जारी रहेको उनले जानकारी दिए। 

    रूख गणना गर्न नै लाग्यो साढे चार महिना
    यो सडक विस्तार गर्ने क्षेत्रमा बस्ती र घना जंगल छ। सडक विस्तार गर्दा काटनुपर्ने रूखहरू गणना गर्न नै आयोजनाले साढे चार महिना लगाएको थियो। बुटवल देखि नारायणगढ क्षेत्रमा रहेका झण्डै ४२ हजार रूख कटान गर्नुपर्ने थियो। त्यसमध्ये बुटवल देखि दाउन्ने सम्ममा १३ हजार रुख कटान गर्नु पर्ने थियो। त्यसमध्ये अहिले सम्म ९ हजार रुख कटान गरिएको आयोजनाले जनाएको छ। 

    २०१८ सालमा राजा महेन्द्र शाहले बुटवल नारायणगढ सडक खण्डको सिलन्यास गरेर निर्माण गरिएको थियो। सडक निर्माण भएको ५७ वर्षपछि बस्तीमा चार लेन र जंगलमा छ लेनमा सडक विस्तार गर्न सुरू गरिएको हो। यो सडक २८ किलोमिटर छ लेनको बन्नेछ भने बाँकी चार लेनको बन्ने छ। अहिले यो सडक दुई लेनको छ। यो सडक महेन्द्र राजमार्गको एक हजार २७ किलोमिटर सडक खण्ड मध्येमा पर्ने सडक हो। एसियाली विकास बैंक (एडिबि) को ऋण सहयोगमा बिस्तार हुन लागेको यो सडकको ठेक्का चाइना स्टेट कन्ट्रक्सनले पाएको छ। पहिलो प्याकेज बुटवल देखि दाउन्ने सम्म ४९ किलोमिटर र दाउन्ने देखि नारायणगढ सम्म ६५ किलोमिटर रहेको छ। 

    २०८० साउन २२ गतेसम्म निर्माण सकिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । आयोजनाको ठेक्का २०७५ साल पुस ४ गते भएको थियो। कहिले बनेको थियो महेन्द्र राजमार्ग नेपालका पूर्व राजा महेन्द्र वीर विक्रम शाहले २०१८ सालमा नवलपरासीको गैँडाकोटमा उनले ‘महेन्द्र राजमार्ग’ शिलान्यास गरेका थिए।

    ४ बर्षमा निर्माण सम्पन्न भएपछि २०२२ सालमा नवलपरासीको गैडकोटमै राजा महेन्द्रले ‘महेन्द्र राजमार्गर्’को उद्घाटन गरेका थिए। महेन्द्र राजमार्ग बन्नुअगाडि नेपालमा राज्यका न्यूनतम पूर्वधारहरु समेत थिएनन्। राजनीतिक, आर्थिक, प्रशासनिक सबै ढंगबाट नेपाल भारतमा निर्भर थियो।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij