२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान विकासमा साझेदारी गर्न अभियान

बिहिवार , चैत्र १९, २०७७

बुटवल, १९ चैत ।
रुपन्देही जिल्लालाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न र पर्यटकको बसाई लम्बाउन, नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान, विकासमा साझेदारी गर्न होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले अगुवाई गर्ने गरी अभियान सुरु गरेको छ ।
पाल्पा जिल्लामा अवस्थित ऐतिहासिक एवं पर्यटकीय स्थल नुवाकोट गाँउमा संघले बुधवारदेखि आयोजना गरेको २ दिवसीय वार्षिक कार्ययोजना निर्माण कार्यशाला गरेर नयाँ रणनीति योजना बनाएको छ ।

कोभिडको प्रत्यक्ष र सबैभन्दा बढी प्रभाव पर्यटनजन्य व्यवसाय र होटल रेष्टुरेण्टमा नै परेको यस बिषम परिस्थितिमा व्यवसाय बचाउनु र संघको भुमिकालाई अझ प्रभावकारी बनाउनु तथा व्यवसायहरुले पूर्ण क्षमतामा कार्म गर्न पाउने अवस्था सिर्जना गर्नु पनि कार्यशालाको लक्ष्य रहेको छ । 

यस विषम परिस्थितिमा होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव प्रसाद नेपालले योजनाबद्ध तरिकाले लड्न सकियोस् भनी यो रणनैतिक कार्य योजना तयार पारिएको बताए । उनले योजना बनाएर अगाडी बढदा संस्थाले लक्ष्य प्राप्त गर्न सहज हुने समेत बताए ।

संघको सबल र कामजोर पक्षहरुको पहिचान गरी परिवर्तित परिस्थिति अनुसार आफ्नो संस्थालाई सबल सक्षम र गुणस्तरीय सेवा प्रदान गर्न सक्ने संस्थाको रुपमा अगाढी बढाउन कार्य योजना तय गरिएको होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्ष राम प्रसाद गौतमले बताए । उनले संस्थाको परिकल्पना, ध्येय, लक्ष्य र उद्देश्य तय गर्ने रणनैतिक कार्ययोजनाको प्रमुख लक्ष्य रहेको समेत बताए ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका निवर्तमान अध्यक्ष समुन्द्र जिसीले  व्यवसायीका समस्या र पेशागत सुरक्षाका लागी पैरवी गर्ने  पर्यटन प्रवद्र्धन बजारीकरण तथा व्यवसाय विकासका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्न जरुरी रहेको औल्याए । रणनैतिक कार्ययोजना कार्यशाला सहजकर्ता तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान बुटवलका प्रमुख मुकुन्द ज्ञवालीले संघको संस्थागत सुदृढीकरणको लागि आगामी दुईवबर्षको रणनैतिक कार्य योजना तयार पार्ने र सोही अनुसार कार्यक्रम संचालन गर्न अपरिहार्य रहेको औल्याए ।

सो अवसरमा पर्यटन क्षेत्रको दिगो विकासका लागि सबै क्षेत्र संग समन्वयात्मक भुमिक ाहोटल उद्योग तथा यसका सदस्यहरुको व्यवसायिक सुरक्षा तथा सदस्यहरुबीचको आपसी समझदारी वृद्धि गर्न संस्थालाई राजनैतिक गन्धबाट अलग राख्न सके मात्र पर्यटनको विकासमा कोशेढुंगा सावित हुनेमा सहभागिहरुले जोड दिएको संघका महासचिव माधवकुमार खनालले बताए ।