२०८२, आषाढ २५ गते

Jul 09 2025 | २०८२, आषाढ २५ गते

तिलौराकोट सूचिमा समावेश गर्न पेरिस जाँदै पर्यटनमन्त्री

शुक्रवार , आषाढ २०, २०८२

 कपिलवस्तु, २० असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सूचिकृतका लागि पहल गर्न फ्रान्स जान लागेको बताउनुभएको छ ।

शुक्रवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले तिलौराकोटलाई विश्व सम्पदा सूचिमा राख्ने सरकारको एजेण्डा रहेको र पेरिसमा हुने वल्र्ड हेरिटेज कमिटीको बैठकमा सहभागी हुन आफू त्यसतर्फ जान लागेको बताउनु भयो । उहाँले सरकारले तिलौराकोटलाई विश्व सम्पदा सूचिमा राख्न विगन लामो समयदेखि पहल गरिरहेको बताउनु भयो । २१ वटा देश सम्मिलित कमिटीमा कमिटीको बहुमतले निर्णय गर्नुपर्ने हुन्छ ।

त्यसमा एशियाबाट भारत, कतार, जापान, कोरिया लगायतका देशहरु रहेको मन्त्री पाण्डेले बताउनु भयो । तिलौराकोटमा धेरै पुरातात्विक वस्तुहरु फेला परेको, त्यही बेलै औद्योगिकीकरण भएको, व्यवस्थित सिटी, पार्कहरु थिए, आधुनिक शहरमा हुने पूर्वाधार सबै थिए त्यही बेलामै भन्नेकुरा वैज्ञानिकहरुले पुष्टि गरेको अवस्था रहेको बताउनु भयो । 

मन्त्री पाण्डेले भन्नुभयो, ‘तिलौराकोटलाई विश्व सम्पदा सूचिमा राख्नेगरी हाम्रो एजेण्डा छ । वल्र्ड हेरिटेज कमिटीको मिटिङ पेरिसमा छ । हामी १० वर्ष यता त्यो प्रयासमा छाँै । त्यसमा पनि थुप्रै जटिलताहरु छन् । कसले सपोर्ट गर्ने, कसले नगर्ने भन्ने । २१ वटा देश सम्मिलित कमिटी छ ।  त्यो कमिटीको बहुमतले निर्णय गर्नुपर्छ । त्यसमा भारत, कतार, जापान, कोरिया लगायतका एशियन देशहरु छन् । अरु देशहरु पनि छन् ।

त्यसमा हामी धेरै वर्षदेखि साधन श्रोत पनि धेरै लागिसकेको अध्ययन पनि धेरै भइसकेको छ । तिलौराकोटमा धेरै पुरातात्विक वस्तुहरु फेला परेको, त्यही बेलै औद्योगिकीकरण भएको, व्यवस्थित सिटी, पार्कहरु थिए, आधुनिक शहरमा हुने पूर्वाधार सबै थिए त्यही बेलामै भन्नेकुरा वैज्ञानिकहरुले पुष्टि गरेको अवस्था छ ।’

आफू त्यसका लागि ७ तारिकदेखि पेरिस जान लागेको बताउनु भयो ।