
सोमवार , आषाढ २३, २०८२
भैरहवा, २३ असार । लोकप्रिय गायक तथा संगीतकार नरेन्द्र प्यासीको संगीत र स्वरमा सजिएको आधुनिक गीत ‘मेरो नाम लिने ओठले’ म्यूजिक भिडियो बजारमा आएको छ । डाक्टर बिष्णुमूर्ति भट्टराईको शब्दलहर रहेको उक्त गीत, म्युजिक नेपालको स्टुडियोमा रेकर्ड गरिएको हो । संगीत संयोजन विनोदकुमार भुजेलले गर्नुभएको छ । गीतकार डा.बिष्णुमूर्ति भट्टराईकै निर्देशनमा म्यूजिक भिडियो बनेको छ । सो म्यूजिक भिडियोको छांयाकन तथा सम्पादन सुनिल विश्वकर्माले गर्नुभएको छ ।
पेशाले शल्यचिकित्सक डाक्टर बिष्णुमूर्ति भट्टराई काठमाडौं बाहिर रहेर वर्षाैंदेखि गीत सिर्जना गरिरहनुभएको छ । प्रसिद्ध गायक नरेन्द्र प्यासी केही वर्षदेखि अमेरिकामा बसोबास गर्दै आए पनि नेपाली गीतसंगीत सिर्जनामा दिलचस्पी हुनुहुन्छ । नेपाली सुगम संगीतका चम्किला तारा उहाँ विशेष गरी अघिल्लो पुस्ताका मन मुटुमा बस्न सफल हुनुभएको छ । गायक नरेन्द्र प्यासीको सुमधुर गीतहरु अझै रुचाइन्छन् ।
गीतकार डा.भट्टराईले गायक तथा संगीतकार प्यासीसँग सांगीतिक यात्रा गर्न पाउँदा खुसी व्यक्त गर्नुभएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij