
सोमवार , आषाढ २३, २०८२
काठमाडौं, २३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पर्यटन क्षेत्रको विकासका राम्रा सम्भावनाहरु रहेको बताउनुभएको छ ।
सोमवार काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बतउनुभएको हो । उहाँले नेपालले पर्यटक ल्याउँछु भन्दै गर्दा केही कुरामा ध्यान दिन जरुरी रहेको बताउनु भयो ।
उहाँले साइकल चढेर कोही पर्यटकहरु नआउने र त्यसका लागि जाज किन्न जरुरी रहेको बताउनु भयो । उहाँले राम्रा विमानस्थलहरु आवश्यक रहेको र जहाज चढ्ने वातावरण जरुरी रहेको बताउनु भयो । पर्यटन क्षेत्र फस्टाउन पर्यटकमैत्री वातावरण जरुरी रहेको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘पर्यटन क्षेत्रको विकासका राम्रा सम्भावनाहरु नेपालमा छन् । दुई चार वटा कुरामा ध्यान दिनुपर्छ । साइकल चढेर कोही आउँदैन । जहाज चाहिन्छ । राम्रा एयरपोर्ट चाहिन्छन् । राम्रा प्लेन चाहिन्छ । प्लेन चढ्ने वातावरण चाहिन्छ । टुरिजम फस्टाउने, टुरिस्टमैत्री वातावरण चाहिन्छ । टुरिस्ट किन आउने भन्नेकुरा उनीहरुले थाहा पाउनुपर्छ । मान्छेले देख्नु भनेको सामान्य कुरा होइन । कहिले कहिले देख्नु भनेको असामान्य कुरा हो ।’
प्रधानमन्त्री ओलीले पैसा कमाएर मात्रै नहुने भन्दै पैसा पनि राम्रो ठाउँमा खर्च गर्नुपर्ने बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij