२०८२, भाद्र २७ गते

Sep 12 2025 | २०८२, भाद्र २७ गते

न्यौपानेले गरे गाडी फिर्ता

बिहिवार , चैत्र २६, २०७७

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • बुटवल, २६ चैत । 
    लुम्बिनी प्रदेश सभा सदस्य तथा अर्थ, उद्योग, पर्यटन समितिका सभापति दधिराम न्यौपानेले गाडी फिर्ता गरेका छन् । सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्यूँताइदिएपछि एमालेमा लागेका न्यौपाने र अर्का प्रदेशसभा सदस्य दिनेश पन्थीलाई माओवादीले कारवाही गरेको थियो ।

    कारवाहीपछि प्रदेशसभा सदस्य नरहेका न्यौपानेले संसदीय समितिको सभापतिको हैसियतमा लिएको लु १ झ ४४९ नम्बरको गाडी र एउटा स्ट्यान्ड पंखा संसद सचिवालयलाई फिर्ता गरेका हुन् ।

    सांसद पदबाट हटेको भोलिपल्टै उनले गाडी फिर्ता गरेका हुन् । सांसदबाट हटेपछि सरकारी सुविधा लिनु आवश्यक नभएको भन्दै उनले बुधबार बिहान १० बजे गाडीको साँचो संसद सचिवालयलाई हस्तान्तरण गरेका हुन् ।