२०८२, श्रावण २ गते

Jul 17 2025 | २०८२, श्रावण २ गते

उद्योग व्यापार संगठन रुपन्देही सम्मानित

बिहिवार , चैत्र २६, २०७७

भैरहवा, २६ चैत ।
उद्योग व्यापार संगठन रुपन्देहीलाई नेपाल चेम्बर अफ कमर्सले सम्मान गरेको छ ।  संगठनलाई चेम्बर अफ कमर्सले आफ्नो ७० औं वार्षिक साधारणसभाको अवसरमा सम्मान गरेको हो ।

आफ्नो कार्यालयको लागि जग्गाको व्यवस्था तथा भवन निर्माण प्रारम्भ गरी चेम्बरको संस्थागत विकासको लागि योगदान पुर्याएको भन्दै संगठनलाई सम्मान गरिएको चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले बताए ।

बिहीबार काठमाण्डौंमा आयोजित साधारणसभामा प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले चेम्बर कमर्ससंग आबद्ध उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीलाई कदर–पत्र प्रदान गरेका हुन् ।

संगठनले सिद्धार्थनगर नगरपालिका–९ मा साढे २ कठ्ठा जग्गामा सुविधासम्पन्न तीनतल्ले भवन निर्माण गरिरहेको संगठनका महासचिव अनिल कुमार ज्ञवालीले बताए । २०६३ सालमा स्थापना भएको संगठनमा रुपन्देहीका ५ हजार बढी उद्योगी व्यवसायीहरु आबद्ध छन् ।