२०८२, श्रावण १ गते

Jul 17 2025 | २०८२, श्रावण १ गते

गैडहवाको सुर्यपुरामा पेट्रोल पम्पमा आगलागि

आइतवार , चैत्र २९, २०७७

भैरहवा, २९ चैत ।
रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ७ गुलरिया चोक नन्दनगरमा रहेको पेट्रोल पम्पमा आगलागि भएको छ । स्थानीय राजकुमार चौधरीको आशिष पेट्रोल सप्लायर्समा केहीबेर अघिदेखि लागेको आगो नियन्त्रणमा आएको छैन् । 

आगो नियन्त्रण लिने प्रयास गर्दा पम्प सञ्चालक हेमन्त चौधरी घाइते भएका छन् । घाइतेको उपचारका लागि उनलाई बुटवल पठाइएको पम्प सञ्चालक चौधरीले बताए ।

चौधरीका अनुसार आगलागिबाट करिब १ लाख लिटर इन्धन जलेर नष्ट भएको छ भने तेल बोकेर आएको ट्यांकर समेत जलेर नष्ट भएको छ । अहिले दुई वटा बारुणयन्त्रले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको इलाका प्रहरी कार्यालय सुर्यपुराका प्रमुख प्रहरी निरीक्षक हरि बहादुर खड्काले बताए । आगो के कसरी लाग्यो भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।