२०८२, श्रावण १ गते

Jul 17 2025 | २०८२, श्रावण १ गते

तिलोत्तमा होम्स्मा घर बुकिङ गर्नेलाई हुन्डाईको क्रेटा कार उपहार !

सोमवार , चैत्र ३०, २०७७

भैरहवा, ३० चैत । 
लुम्बिनी अष्टदीप मल्टिनेशनल प्रा.लि.ले नयाँ वर्षमा आफ्नो आवास परियोजना तिलोत्तमा होम्स्मा घर बुकिङ गर्नेहरुलाई आकर्षक उपहार अफर ल्याएको छ । कम्पनीले तिलोत्तमा–७ भलबारीमा झण्डै ६ विगाहा क्षेत्रफलमा सुरु गरेको आवास विकास परियोजनामा घर बुकिङ गर्नेहरुलाई नयाँ वर्षको अवसरमा कार उपहार अफर ल्याएको हो ।

वैशाख १ गतेदेखि सुरु हुने अफर अनुसार पहिलो ३० वटा घर बुकिङ गर्नेहरुमध्ये एक जनाले गोलाप्रथाको आधारमा हुन्डाई कम्पनीको क्रेटा कार प्राप्त गर्नेछन् । यो कारको बजार मूल्य हाल ५० लाखको हाराहारीमा रहेको बताइन्छ । त्यस्तै अर्को एक जनाले ३५० सिसीको बुलेट मोटरसाइकल र थप अर्को बुकिङकर्ताले पनि गोलाप्रथाकैं माध्यमबाट भेस्पा स्कुटर प्राप्त गर्ने कम्पनीका मार्केटिङ प्रमुख सुदिप ढकालले जानकारी दिए । उनका अनुसार यो अफरमा अन्य थप आकर्षक उपहारको समेत व्यवस्था गरिएको छ । नयाँ वर्षमा घर बुकिङ गर्नेहरुलाई उत्साहित बनाउन कम्पनीले यो अफर ल्याएको बताउँदै उनले वैशाख महिनाभित्रै तोकिएका घर बुकिङ हुने विश्वास व्यक्त गरे ।  

कम्पनीले अहिले पहिलो चरणमा ३० वटा घर निर्माण गरिरहेको छ । यस क्षेत्रको सबैभन्दा पहिलो आकर्षक आवास परियोजनाप्रति सबैले चासो र उत्सुकता जनाइरहँदा कम्पनीले नयाँ वर्षमा विशेष अफर योजना ल्याएको हो । यहाँ जग्गा र घरको क्षेत्रफलको आधारमा ग्रुप ए मा ४२ वटा ग्रप बी मा ६७ वटा घरहरु निर्माण हुँदैछन् । गु्रप ए मा पर्ने घरको कुल क्षेत्रफल १५ धुर र भवन २९०० स्क्वायर फुट (बिल्ड अप एरिया) र गु्रप बी मा पर्ने घरको कुल क्षेत्रफल १० धुर र भवन २२०० स्क्वायर फुट (बिल्ड अप एरिया) मा रहनेछन् ।

परियोजनास्थल कम्पाण्ड भित्र सबै घरपरिवारले उपयोग गर्न मिल्ने गरी अत्याधुनिक कमर्शियल कम्प्लेस, सामुदायिक भवन, ब्याडमिन्टन कवर्ड हल, बास्केटबल कोर्ट, स्वीमिङ्ग पुल, चिल्ड्रेन्स पार्क, जिमखाना, मन्दिर, हेल्थ क्लब, रेष्टुरेन्ट, सैलुन, ब्युटीपार्लर, ग्रीन जोन रहनेछन् । यस्तै परियोजना स्थलभित्र मुल बाटो २६ फुट र सहायक बाटो २४ फुटका रहनेछन् । परियोजनाको निर्माण कार्य सर्वश्रेष्ठ बिल्डर्सले गरेको छ ।

कम्पनीका अध्यक्ष नेत्रलाल वनले सरकारले निर्धारण गरेका मापदण्डलाई पालना गरी सम्पूर्ण सुविधा एकै ठाउँमा प्राप्त हुने गरी सुरक्षित र स्मार्ट आवास क्षेत्र निर्माण गर्ने सरकार नीतिअनुरुप निजी क्षेत्रबाट यो परियोजना कार्यान्वयन गर्न थालिएको बताए । ग्रुप ए का घरको सूचीकृत मूल्य २ करोड ५० लाख र गु्रप बी का घरको सूचीकृत मूल्य १ करोड ७५ लाख निर्धारण गरिएको छ ।

यो परियोजनाको लागत २ अर्ब बढी हुने अनुमान गरिएको छ भने परियोजनामा सेञ्चुरी कमर्शियल बैंकले लगानी छ ।  परियोजना अन्तर्गत् बन्ने घर तथा अन्य भौतिक पूर्वाधार निर्माणमा प्रयोग हुने सामाग्री सरकारले तोकेको मापदण्ड अनुसारका हुने र निर्माण कार्य पूर्णतः ईञ्जिनियरको सुपरीवेक्षणमा हुने कम्पनीका निर्देशक यदुराज बरालले बताए । परियोजना निर्माण स्थलको माटो परीक्षण गरी त्यसको आधारमा नक्सा डिजाइन गरिएकोले यहाँ बन्ने घरहरु भूकम्प प्रतिरोधात्मक हुनेछन् । परियोजना स्थलमा ढल निकास, खानेपानी व्यवस्थापन, टेलिफोन, विद्युत् जस्ता पूर्वाधार विकासको काम कम्पनी आफैंले गर्नेछ । परियोजना अन्तर्गत् बन्ने घरहरुको निर्माण कार्य सकिएर सम्पूर्ण घर विक्री भएपछि त्यहाँ रहने सार्वजनिक स्थान तथा पूर्वाधारको सञ्चालन तथा व्यवस्थापनको जिम्मा त्यहाँ रहने सोसाइटी आफैंले गर्ने अध्यक्ष वनको भनाइ छ ।