२०८२, भाद्र ८ गते

Aug 24 2025 | २०८२, भाद्र ८ गते

क्यानन माविमा विभिन्न प्रतियोगिता सम्पन्न

आइतवार , भाद्र ८, २०८२

  • 310
    Shares
  • 310
    Shares
  • बुटवल, ८ भदौ । क्यानन माध्यमिक विद्यालय बुटवल, रुपन्देहीले तीजको सन्दर्भ पारेर विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु सम्पन्न गरेको गरेको छ । नगरस्तरीय र विद्यालयको तहगत तीज गायन तथा नृत्य र विद्यालयकै तहगत कविता प्रतियोगिताहरु सम्पन्न गरेको हो । 

    विद्यार्थीहरुको अतिरिक्त क्षमताको प्रस्फु्टन तथा शिक्षण सिकाइलाई रचनात्मक बनाउने उद्देश्यले विद्यालयले प्रतियोगितात्मक कार्यक्रमहरु गरेको विद्यालयका प्राचार्य शंकर भण्डारीले बताउनुभयो । उहाँले विद्यालयमा पाठ्यक्रमसँगै अन्य प्रतिभा प्रस्फुटनको थलोका रुपमा विकास गर्ने प्रयत्न गरिएको बताउनुभयो । 

    आइतबार विद्यालयस्तरीय तहगत तीज गायन तथा नृत्य प्रतियोगिता सम्पन्न भएका छन् । कक्षा ७, ८ र ९ का विद्यार्थीहरुबीच भएको प्रतियोगितामा कक्षा ९ को जनक सेक्सन प्रथम भएको विद्यालयका सह–प्रधानाध्यापक विष्णु प्रसाद न्यौपानेले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा कक्षा ९ को बुद्ध सेक्सन द्वितीय र कक्षा ७ को स्प्रिड समूह तृतीय भएको छ ।  

    त्यस्तै कक्षा ४, ५ र ६ का बीच भएको प्रतियोगितामा कक्षा ६ को डायमण्ड प्रथम, कक्षा ४ को जुपिटर द्वितीय र कक्षा ६ को कोहिनुर तेस्रो भएका छन् । त्यसै गरी कक्षा १, २ र ३ तर्फ कक्षा २ को मुन सेक्सन प्रथम, कक्षा २ सन द्वितीय र कक्षा ३ को भेनस तेस्रो भएका छन् । 

    विद्यालयले आइतबार प्लस टु र विद्यालय तहका विद्यार्थीहरुबीच तीज गायन तथा नृत्य प्रतियोगिता गरेको हो । प्लस टुतर्फको प्रतियोगितामा सम्झना उचई, प्रशंसा राना, विनिता गुरूङ, एञ्जल शाहीको समूह प्रथम भएका छन् । 

    त्यसै गरी नेस्मा गुरूङ, दिया विकको समूह द्वितीय, गायत्री क्षेत्री, आशिका अर्याल, सन्ध्या लुईटेलको समूह तृतीय भएको प्लस टु म्यानेजमेन्ट इञ्चार्ज पवन बस्यालले जानकारी दिनुभयो । प्रतियोगिताको नृत्य प्रशिक्षक किशोर थापा र नेत्र डुम्रेले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

    यसअघि शुक्रबार भएको नगरस्तरीय तीज गायन तथा नृत्य प्रतियोगितामा गार्गी बोर्डिङ स्कुल प्रथम भएको थियो । त्यसै गरी देवसिद्ध बोर्डिङ स्कुल द्वितीय, अन्नपूर्ण बोर्डिङ स्कुल तृतीय र एभरेष्ट बोर्डिङ स्कुल सान्तवना भएको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक मिनराज गिरीले बताउनुभयो । 

    प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयले क्रमशः ५ हजार, ३ हजार, २ हजार १ हजार नगदसहित विभिन्न उपहारबाट पुरस्कृत गरिएको थियो । पुरस्कार विद्यालयका प्रधानाध्यापक शंकर भण्डारलिे प्रदान गर्नुभएको थियो ।  

    त्यसै गरी सोही दिन अन्तरविद्यालय स्तरीय प्रतियोगिताहरु भएको थियो । मावि तहको कविता प्रतियोगितामा कक्ष ९ का राजेन्द्र खड्का प्रथम, कक्षा १० का एलिना थापा दोस्रो र कक्षा ९ का आयुष्मा भुसाल तेस्रो भएको विद्यालयले जनाएको छ । 

    त्यसै गरी निमावि तहमा कक्षा ७ का आईदिन गौतम प्रथम, कक्षा ६ का आर्जु चन्द दोस्रो र कक्षा ६ कै दिया खड्का तेस्रो भएको शिक्षक विजय पराजुलीले जानकारी दिनुभयो । कार्यक्रमहरु प्लस टुतर्फ क्यानन प्लस टु र विद्यालय तहतर्फ इन्ट्रयाक्ट क्लब अफ क्याननले संयोजन गरेको थियो ।