२०८२, भाद्र ९ गते

Aug 25 2025 | २०८२, भाद्र ९ गते

लियो प्रोग्रेसिभ सिद्धार्थनगरद्वारा विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता, नालन्दा प्रथम

आइतवार , भाद्र ८, २०८२

  • 604
    Shares
  • 604
    Shares
  • भैरहवा, ८ भदौ । लियो क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगरले विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । शनिबार भैरहवा बहुमुखी क्याम्पसमा आयोजित प्रतियोगितामा नेपाल नालन्दा आवासीय माध्यमिक विद्यालय प्रथम, काशी नोबल एकेडेमी द्वितीय, युनिभर्सल पब्लिक हाई स्कूल तृतीय र पश्चिमाञ्चल ईङलिस स्कूल सान्त्वना भएको क्लबले जनाएको छ ।

    प्रतियोगितामा प्रथम हुने विद्यालयलाई रु. १२ हजार, द्वितीय हुनेलाई रु. ८ हजार, तृतीयलाई ६ हजार र सान्त्वनालाई रु. ४ हजार र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक सुनिल खनालले बताउनुभयो ।

    प्रतियोगितामा ६ वटा विद्यालयको सहभागीता रहेको लियो क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगरका सचिव कमल घिमिरेले जानकारी दिनुभयो ।

    प्रतियोगिताको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले प्रतियोगितामा सहभागी हुनु पनि महत्वपूर्ण भएको बताउनुभयो । उहाँले म हार्छु भन्ने सोच राख्नु भन्दा केही सिक्छु भन्ने सोचका साथ अगाडि बढ्नुपर्नेमा बताउनुभयो ।

    537466416_779785391262339_8148738100975404048_n.jpg

    लियो क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगरका अध्यक्ष सागर न्यौपाने प्रतियोगितामा सामूदायिक विद्यालयको उपस्थिति न्यून भएको भन्दै गुनासो गर्नुभयो । कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष कमल परियार, कार्यक्रम संयोजक सुनिल खनाल लगायतले बोल्नुभएको थियो ।