२०८२, भाद्र ९ गते

Aug 25 2025 | २०८२, भाद्र ९ गते

काशीमा तीज गीत तथा नृत्य प्रतियोगिता

सोमवार , भाद्र ९, २०८२

  • 271
    Shares
  • 271
    Shares
  • भैरहवा, ९ भदौ । काशी नोबल एकेडेमी सिद्धार्थनगर अन्तर्गत इन्टर हाउस तीज संग एण्ड डान्स कम्पिटिसन–२०८२ आइतबार सम्पन्न्न भएको छ । विद्यालयको प्रागंणमा भएको प्रतियोगितामा जुनियरतर्फ समर हाउस प्रथम भएको छ । त्यसैगरी अटम हाउस दोस्रो र इन्टर हाउस तेस्रो भएको विद्यालयले जनाएको छ । 

    त्यसै गरी सिनियरतर्फ स्प्रिगं हाउस प्रथम, अटम हाउस दोस्रो र समर हाउस तेस्रो भएका छन । कक्षा १० का ३ वटा सेक्सन मध्येभएको प्रतिष्पर्धामा मुन सेक्सनले विजय प्राप्त गरेको छ । प्रतियोगिताको निर्णायकमा सिला डिसी र अनुपा पाण्डे रहनुभएको थियो ।

    मीरा सारुको सञ्चालनमा भएको कार्यक्रममा काशी नोबल एकेडेमीका प्राचार्य राजेन्द्र घिमिरे, सह–प्राचार्य श्री रायमाझी, शिक्षक, कर्मचारीहरु र विद्यार्थीको उपस्थितिे थियो ।

    विद्यार्थीको बहुप्रतिभा प्रस्फुटन गर्नुका साथै नेपाली मौलिक संस्कृतिका बारेमा जानकारी एवं संरक्षण सम्बद्र्धन गर्ने उद्देश्यले कार्यक्रम गरिएको प्राचार्य राजेन्द्र घिमिरेले बताउनुभयो ।