२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

लुम्बिनी प्रदेशमा सचिवहरूको स्वागत

बुधवार , भाद्र ११, २०८२

  • 436
    Shares
  • 436
    Shares
  • दाङ, ११ भदौ । लुम्बिनी प्रदेशमा सरुवा भएर आएका सचिवहरूलाई स्वागत गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी) मा बुधवार सचिवस्तरीय बैठकमा दुईजना सचिवलाई स्वागत गरिएको हो ।

    प्रमुख सचिव बावुराम अधिकारीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवको जिम्मेवारी पाउनुभएका मोतिराम सापकोटा र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिवको जिम्मेवारी पाउनुभएका चुर्णबहादुर ओलीलाई स्वागत गर्नुभएको छ ।

    यसअघि बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सचिवहरूको जिम्मेवारी तोक्ने निर्णय गरेको थियो । संघीयतालाई सफल बनाउन प्रदेशको कार्यसम्पादन र सेवा प्रवाहलाई चुस्त बनाउने गरी प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता सचिवहरूले गरेका छन् ।