२०८२, भाद्र १६ गते

Sep 01 2025 | २०८२, भाद्र १६ गते

पञ्चकन्या ग्रुपको ५३ औं वार्षिकोत्सवमा रक्तदान, २६९ यूनिट रगत संकलन

सोमवार , भाद्र १६, २०८२

  • 565
    Shares
  • 565
    Shares
  • भैरहवा, १६ भदौ । पञ्चकन्या ग्रुपले आफ्नो ५३ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । गु्रपले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १५ कोटिहवास्थित पञ्चकन्या फ्याक्ट्री परिसरमा कार्यक्रमको आयोजना गरेको हो ।

    विगतका वर्षझै यस वर्ष पनि रक्तदान कार्यक्रमलाई निरन्तरता दिइएको पञ्चकन्या समूह (ग्रुप) का महाप्रबन्धक देवेन्द्र साहुले बताउनुभयो । उहाँले विगतका वर्षमा २५० युनिट बढी रगत संकलन गरेर पञ्चकन्या ग्रुप लुम्बिनी प्रदेशमै प्रथम भएको जानकारी दिनुभयो ।

    महाप्रबन्धक साहुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य परीक्षण शिविर, वृक्षरोपण लगायतका कार्यक्रम गरिदै आएको बताउनुभयो ।

    ‘रक्तदान जीवनदान’ भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको प्राविधिक सहयोगमा सोमबार आयोजित रक्तदान कार्यक्रममा २६९ यूनिट रगत संकलन भएको उहाँले बताउनुभयो । महिला रक्तदातालाई प्रोत्साहनस्वरुप सम्मान पनि गरिने उहाँले जानकारी दिनुभयो ।

    IMG_2673.JPG