२०८२, भाद्र १७ गते

Sep 02 2025 | २०८२, भाद्र १७ गते

नगरप्रमुखको निधनमा मंगलबार रुपन्देहीका सबै पालिकामा शोक बिदा

सोमवार , भाद्र १६, २०८२

  • 376
    Shares
  • 376
    Shares
  • भैरहवा, १६ भदौ । रुपन्देहीका १६ वटै स्थानीय तहमा भदौ १७ गते मंगलबार शोक बिदा हुने भएको छ ।

    लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमानको निधनप्रति दुःख व्यक्त गर्दै सम्पूर्ण स्थानीय तहहरु मातहत सञ्चालित सम्पूर्ण कार्यालय बन्द गराउन अनुरोध गरिएको हो ।

    जिल्ला समन्वय समिति रुपन्देहीका उपप्रमुख रामकृपाल धोवीले स्थानीय तहहरुको सल्लाहबमोजिम मंगलबार शोक मनाई कार्यालय बन्द गराउन अनुरोध गरिएको बताउनुभयो । उहाँले पालिका मातहतका सम्पूर्ण कार्यालयमा मंगलबारका दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत भएको जानकारी दिनुभयो ।

    नगरप्रमुख मुसलमानको भदौ १४ गते शनिबार बिहान ९ बजे हृदयघातका कारण निधन भएको थियो ।