
मंगलवार , भाद्र १७, २०८२
काठमाडौं, १७ भदौ । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले सङ्घीय निजामती सेवा विधेयक सर्वसम्मतले पारित गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले सर्वसम्मत रुपमा उक्त विधेयक पारित गरेको हो । बैठकमा निजामती कर्मचारीको अवकाश उमेरहदका बिषयमा सहमति भएको छ । प्रतिनिधिसभाबाट पारित भएको विधेयकमा निजामती सेवासम्बन्धी ऐन जारी भएको पहिलो वर्ष अवकाशको उमेर ५८ वर्ष नै कायम गर्ने, दोस्रो वर्ष ५९ र तेस्रो वर्ष ६० वर्ष कायम गर्ने भन्ने व्यवस्था रहेकालाई बैठकले सदर गरेको हो । सवै बिषयमा सहमति भएपछि समिति सभापति तुलसा कुमारी दहालले सर्वसम्मत रुपमा विधेयक पारित भएको घोषणा गर्नुभयो ।
उहाले मंगलबार नै उक्त विधेयक राष्ट्रियसभामा पेश गर्ने र पारित गर्ने जानकारी दिनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij