२०८२, भाद्र १७ गते

Sep 02 2025 | २०८२, भाद्र १७ गते

शिक्षा विधेयक सच्याउन माग गर्दै शिक्षक महासंघद्वारा रास्वपा पार्टी कार्यालयमा धर्ना

मंगलवार , भाद्र १७, २०८२

  • 439
    Shares
  • 439
    Shares
  • काठमाडौं, १७ भदौ । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउदै आन्दोलनरत नेपाल शिक्षक महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को कार्यालयमा धर्ना दिएको छ । 

    विधेयकमा सरकारले आफुहरुसंग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेकाले सच्चाउन दवाव दिन भन्दै शिक्षकहरुले मंगलबार काठमाडौंको बनस्थलीस्थीत रास्वपा कार्यालयमा धर्ना दिनुका साथै ध्यानाकर्षणपत्र बुझाएको हो । शिक्षकहरुको ध्यानाकर्षण पत्र बुझ्दै रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले शिक्षकहरुका जायज मागलाई सरकारले सुन्नुपर्ने बताउनुभयो ।

    उहाले शिक्षकका मुद्दालाई संसदबाट समेत उठाउने आश्वासन दिनुभयो । सरकारले बेलैमा शिक्षकका मुद्दामा ध्यान नदिदा उनीहरु राजनीतिक दलको ढोकामा पुगेर धर्ना दिनुपर्ने अवस्था आएको उहाले बताउनुभयो । 

    प्रतिनिधिसभा पेश भएको विधेयकले शिक्षक कर्मचारीका मुख्य सरोकार र विगतका सहमतिमा रहेका धेरै बिषयहरु अझै पनि सम्बोधन हुन नसकेकाले आन्दोलन गर्नुपरेको महासंघले जनाएको छ । यसअघि महासंघले एमाले, कांग्रेस र माओवादी मुख्यालयमा धर्ना दिनुका साथै ध्यानाकर्षण पत्र बुझाएको थियो ।