२०८२, भाद्र २० गते

Sep 05 2025 | २०८२, भाद्र २० गते

नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम

बिहिवार , भाद्र १९, २०८२

  • 310
    Shares
  • 310
    Shares
  • भैरहवा, १९ भदौ । नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति, रुपन्देहीले रक्तदान कार्यक्रम गरेको छ । युनियनको स्थापना दिवस (भाद्र १९) को अवसर पारेर बिहीबार भैरहवास्थित भीम अस्पतालमा कार्यक्रम गरिएको हो ।

    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले रक्तदान कार्यक्रम महत्वपूर्ण कार्यक्रम भएको बताउनुभयो । उहाँले रगतले मानिसको ज्यान बचाउने भएकाले यो पुनित कार्य भएको बताउनुभयो ।

    कार्यक्रममा नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का सभापति सुशील गुरुङ, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य नविन पन्थी, सुनिल लामिछाने, निजामती कर्मचारीहरुको आधिकारिक टे«ड युनियन रुपन्देहीका उपाध्यक्ष भोजराज न्यौपाने लगायतले बोल्नुभएको थियो ।

    नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीका अध्यक्ष चक्रपाणी पाण्डेको अध्यक्षता, उपाध्यक्ष टेकराज पन्थीको स्वागत तथा सचिव बालकृष्ण कंडेलको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा १८ यूनिट रगत संकलन भएको युनियनको रुपन्देही जिल्ला कोषाध्यक्ष मसहुर आलम खाँले जानकारी दिनुभयो ।