२०८२, भाद्र २० गते

Sep 05 2025 | २०८२, भाद्र २० गते

लिट्स कलेजमा शिक्षक तथा कर्मचारीलाई धन्यवाद कार्यक्रम

बिहिवार , भाद्र १९, २०८२

  • 268
    Shares
  • 268
    Shares
  • भैरहवा, १९ भदौ । रुपन्देहीको बुटवलस्थित लुम्बिनी इन्ष्टिच्यूट अफ टेक्निकल साईन्सेज (लिट्स) कलेजमा शिक्षक तथा कर्मचारीलाई धन्यवाद ज्ञापन गरिएको छ । कलेजको डिप्लोमा इन फार्मेसी १९ औं ब्याचका विद्यार्थीहरुको आयोजनामा यहाँ अध्यापनरत शिक्षक तथा कार्यरत कर्मचारीहरुलाई सम्मान तथा धन्यवाद ज्ञापन कार्यक्रम गरिएको हो ।

    फार्मेसी कार्यक्रम संयोजक प्रविन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षकहरु कमल कंडेल, इन्द्रजीत चौधरी, सुरज पाण्डे, सुजता घर्ती मगर, सुष्मा भुसाल र प्रशासन विभागका सत्यता लम्सालको उपस्थिति थियो । 

    nnjjj.jpeg

    कार्यक्रममा बोल्दै संयोजक भण्डारीले विद्यार्थीहरुको हौसला बढाउँदै उज्जवल भविष्यको शुभकामना व्यक्त गर्नुभयो । सन्त कुमार कुर्मी (प्रेम)को सञ्चालनमा सम्पन्न कार्यक्रममा उपस्थित विद्यार्थीहरुले केक काटेर शिक्षक र कर्मचारीहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।