२०८२, भाद्र २२ गते

Sep 07 2025 | २०८२, भाद्र २२ गते

अन्नपूर्ण न्यूरोको सेवा अब क्रिमसन अस्पतालबाट

आइतवार , भाद्र २२, २०८२

  • 178
    Shares
  • 178
    Shares
  • भैरहवा, २२ भदौ । न्यूरो सम्बन्धि जटिल उपचार समेत अब क्रिमसन अस्पताल रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा हुने भएको छ । अन्नपूर्ण न्यूरो अस्पतालका न्यूरो सर्जन डा.समृद्ध मल्लले आइतबारदेखि क्रिमसन अस्पतालमा सेवा सुरु गर्नुभएको छ । 

    जटिल समस्याका बिरामीको उपचार तथा शल्यक्रियाको लागि नेपालका प्रख्यात न्यूरो विशेषज्ञ डा.बसन्त पन्तसमेतको टीम अबदेखि क्रिमसनमै आउने भएको छ । अन्नपूर्ण न्यूरो अस्पताल काठमाण्डौंमा उपलब्ध गराउने सेवा स्थानीयस्तरमै उपलब्ध हुन सकोस् भनेर सम्झौता गरिएको क्रिमसन अस्पतालका अध्यक्ष दुर्गा प्रसाद पाण्डेयले जानकारी दिनुभयो । 

    दुर्घटना वा अन्य मष्तिष्कसम्बन्धी गम्भीर समस्याको लागि अहिले यस क्षेत्रका बिरामीहरु अहिलेसम्म काठमाण्डौं नै धाउनुपर्ने अवस्था छ । न्यूरो अस्पतालसँग सम्झौतापछि यही सेवा पाउँदा बिरामी र आफन्तलाई सजिलो हुनेछ ।

    क्रिमसन अस्पतालमा न्यूरो सेवासहित हाडजोर्नी तथा नशा रोग विशेषज्ञ, जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी, जनरल फिजिसियन, नाक, कान, घाँटीरोग विशेषज्ञ, मुटुरोग विशेषज्ञ, छाती तथा फोक्सो रोग विशेषज्ञ, छाला तथा यौनरोग विशेषज्ञ र पेटरोग विशेषज्ञ सेवा उपलब्ध छन् । 

    त्यसै गरी रेडियोलोजिष्ट, स्त्री तथा प्रसुति रोग विशेषज्ञ, एनेस्थेसिया तथा सघन उपचार विशेषज्ञ, बालरोग विशेषज्ञ, नशा तथा मनोरोग विशेषज्ञ, मृगौला रोग विशेषज्ञ, दन्तरोग विशेषज्ञ, प्याथोलोजी फिजियोथेरापी सेवा पनि अस्पतालले दिदै आएको छ । अस्पतालमा भारतीय सेनाबाट अवकाश पाएका परिवार, सामाजिक सुरक्षा कोष र कर्मचारी संचयकोषका संचयकर्ता तथा गोर्खा वेलफेयरका सदस्यहरुलाई निःशुल्क उपचार हुने गरेको छ।

    त्यसै गरी नेपाल सरकारको आमा सुरक्षा कार्यक्रम अन्तर्गत निःशुल्क प्रसुति सेवा, डायलाइसिस सेवा र मुटु उपचार सेवा पनि उपलब्ध छ । अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष, क्रिटिकल केयर युनिट आइसीयु, सिसियु, एनआइसियु लगायतका अत्याधुनिक प्रविधि पनि अस्पतालमा उपलब्ध छन् ।

    Crimson.jpg